मुख्य समाचार
नेपालमा भूराजनीतिक चहलखेल र हस्तक्षेपको कोशिस भइरहेको टिप्पणी
नेपालमा भूराजनीतिक चहलखेल र हस्तक्षेपको कोशिस भइरहेको टिप्पणी

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भूराजनीतिक चहलखेल र हस्तक्षेपको कोशिस भइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै संयोजक प्रचण्डले साम्राज्यवादीहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गराउन पपुलिस्टहरूलाई लगानी गर्ने गरेको आरोप समेत लगाए । प्रचण्डले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीति जित्न भनेर अग्रसर भइरहेको बताएका छन् ।


प्रचण्डले भने, ‘अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ । सोसल मिडियामा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दै छन् । विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ ।’

संयोजक प्रचण्डले रास्वपाप्रति संकेत गर्दै पपुलिस्टहरू लोकतन्त्रविरुद्ध विदेशीले प्रयोग गर्ने पात्रहरू भएको टिप्प्णी गरे । उनले २६ वटा घटकहरू मिलेर बनेको नेकपा अब देशकै ठूलो पार्टी बन्ने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५ औं स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताए । उनले सुशासन कायम गर्नको लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र ...
। पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा मासिक चार हजार पुर्‍याएको दावी गरेका छन् । घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अहिले विभिन्न सरकार फेरिँदा अर्थतन्त्र अफ्ठेरो अवस्थामा रहेकाले उनले टिप्प्णी गरे । उनले भने, ‘करिब ३८ अर्ब पैसा त्यसमा खर्च ...
: राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको सोमबार बसेको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरे। विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक ...
वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ट्रान्सपोर्टमा छापा मार्न गएका सशस्त्र प्रहरीको टोलीलाई व्यापारीहरूले कुटेर लखेटेका छन्
: राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमबारको राष्ट्रिसभा वैठकले विधेयक सर्वसम्मतरुपमा पारित गरेको हो । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्दै प्रस्तुत गरेका थिए । यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगेको हो । यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ...