मुख्य समाचार
पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने उद्देश्यले फागुनको पहिलो साता स्याङ्जाका किशोरीलाई एचपीभी खोप लगाइने
पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने उद्देश्यले फागुनको पहिलो साता स्याङ्जाका किशोरीलाई एचपीभी खोप लगाइने

: पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने उद्देश्यले फागुनको पहिलो साता स्याङ्जाका किशोरीलाई एचपीभी खोप लगाइने भएको छ ।फागुन ४ र ५ गते जिल्लाभरका १,७९१ किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

खोप लगाउनेमध्ये १,७९० जना विद्यालय जाने किशोरी हुन् भने एक जना विद्यालय नजाने अर्जुनचौपारीका किशोरी रहेको कार्यालयले जनाएको छ ।स्याङ्जाका २३४ विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नगएकाको लागि १० वर्ष उमेर समूहका किशोरीलाई सो खोप दिइने भएको छ । खोपका लागि विद्यालयमै खोप केन्द्र स्थापना गरी लगाइने भएको छ ।

अघिल्लो वर्ष खोप लगाउन छुटेका अहिले कक्षा ७ देखि १० सम्मका अध्ययनरत छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि समेटिने जनस्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीको भनाई छ ।



जिल्लाका ११ वटै स्थानीय पालिकाभर २३४ स्वास्थ्यकर्मी र त्यतिकै संख्यामा स्वयंसेवक परिचालन गरिने भएकोे सूचना अधिकारी विनोदप्रसाद भट्टले जानकारी गराए । खोप लगाउन छुटेका लक्षित बर्गलाई थप एक सातासम्म समेट्ने व्यवस्था गरिएको पनि उनले बताए ।

जनस्वास्थ्य कार्यालयका अनुसार, पुतलीबजार नगरपालिकाका २९५, वालिङका ४०४, भीरकोटका १६९, गल्याङका २०१, चापाकोटका १६२ जना किशोरीलाई खोप दिइने भएको छ । यसैगरी, फेदीखोला गाउँपालिकाका १०३, आँधीखोलाका ८६, अर्जुनचौपारीका १०९, बिरुवाका ७२, हरीनासका ८० र कालीगण्डकीका ११० किशोरीलाई खोप लगाइने हो ।

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये दोस्रो स्थानमा रहेको स्वास्थ्यकर्मीका भनाई छन् । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण रहेकाले त्यसको विरुद्ध खोप लगाउनुपर्ने भएको हो । नेपालमा वार्षिक २ हजार नेपाली महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको बताइएको छ ।


एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने र ९८ प्रतिशतभन्दा बढी खोपको प्रभावकारिता रहेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । गत बर्ष अभियानका रुपमा लगाउँदै आएको एचपीभी खोप यस बर्षदेखि नियमित रुपमा रुपमा लगाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम