मुख्य समाचार
पाकिस्तानले आइसिसी टी २० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने आफ्नो निर्णय फिर्ता
पाकिस्तानले आइसिसी टी २० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने आफ्नो निर्णय फिर्ता

: पाकिस्तानले आइसिसी टी २० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ । भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकप २०२६ मा भारत र पाकिस्तान आगामी फेब्रुअरी १५ मा कोलम्बोमा प्रतिस्पर्धा गर्ने भएका छन् । निर्धारित तालिकामा नै यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। आइसिसी र पाकिस्तान क्रिकेट बोर्ड बीच भएको असमझदारीको समाधान भइसकेपछि यी दुई टोलीले पुन विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका हुन्।




पाकिस्तान सरकारद्वारा सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा हालसम्म प्राप्त उपलब्धि तथा मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै भारतविरुद्धको खेल खेल्न टोलीलाई अनुमति दिइएको उल्लेख गरिएको छ । पछिल्ला केही दिनयता पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी), बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बीच पाकिस्तानलाई भारतविरुद्धको खेल बहिष्कार नगर्न मनाउने उद्देश्यले तीव्र छलफल हुँदै आएको थियो । टी २० विश्वकपको सबैभन्दा आर्थिक रूपमा लाभदायक मानिने यो खेल बहिष्कारको धम्की फिर्ता हुनेमा आशा बढ्दै गएको थियो ।



सोमबार साँझ पीसीबी अध्यक्ष मोहसिन नक्वीले भारतविरुद्धको खेलबारे २४ देखि ४८ घण्टाभित्र निर्णय आउन सक्ने बताएका थिए । त्यसको केही मिनेटअघि आईसीसीले पनि वक्तव्य जारी गर्दै भारत भ्रमण गर्न अस्वीकार गरेपछि टी २० विश्वकपबाट बाहिरिएको बंगलादेशप्रति आफ्नो धारणा केही नरम बनाएको संकेत दिएको थियो।



आइसीसीले बंगलादेशमाथि कुनै पनि जरिवाना नलगाइने स्पष्ट पनि पारेको छ । बंगलादेशलाई २०२८–२०३१ चक्रअन्तर्गत थप एक आइसीसी प्रतियोगिताको आयोजना अधिकारसमेत प्रदान गरिएको जनाएको थियो । लागि बङ्गलादेशले आइसिसीको नियमित होस्टिङ प्रक्रिया र मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ। यसलाई बङ्गलादेशको आयोजना क्षमता र क्रिकेट पूर्वाधारमाथि विश्वासको रुपमा हेरिएको समेत आइसिसीले बताएको छ।

आइसिसीका एक्जिक्यटिभ संजोग गुप्ताले भने,‘जारी विश्वकपमा बङ्गलादेश, यसको हिस्सा नहुनु निकै दुःखद छ। तर यसपछि पनि हामी बङ्गलादेश क्रिकेटको विकासका लागि सम्बन्धित संस्थासँग सहकार्य गरिरहनेछौं।' उनले भने,‘बङ्गलादेश यथावत रूपमा नै आइसिसीको प्राथमिकताभित्र पर्नेछ। बङ्गलादेश लामो क्रिकेट विकास र प्रतिस्पर्धात्मक खेलहरूको हकदार देश हो।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम