मुख्य समाचार
आयोजक धरान फुटबल क्लब २६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ
आयोजक धरान फुटबल क्लब २६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ

— आयोजक धरान फुटबल क्लब २६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा पोखराको लालीगुराँस फुटबल एसोसियसन क्लब पोखरासँग पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित हुँदै आयोजक टिम क्वाटरफाइनल चरणबाटै बाहिरिएको हो।

धरान रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । समय अभावका कारण १५ मिनेट मात्रै थपिएको अतिरिक्त समयमा पनि कुनै टिमले गोल नगरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टी सुटआउटमा धरानका कप्तान दोर्जे तामाङको प्रहार लालीगुराँसका गोलकिपर कुम्ब देउवाले रोकेपछि लालीगुराँसले सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

देउवाले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार पाए । धरानका नगेन राई, प्रज्वल थापा, विवेक राई र सबिन राईको प्रहार गोलमा परिणत भयो । लालीगुराँसका राम थापा, अबुल युसुफ हाउले, टीकाराज गुरुङ, आशिष गुरुङ र सुदिप गुरुङ पाँचै जनाको प्रहार गोलमा परिणत भएपछि पहिलो सहभागितामै जित हात पार्न सफल भयो ।

यसअघि उद्घाटन खेलमा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल खेलेको धरानले लालीगुराँसबिरुद्ध गतिलो प्रदर्शन गर्न नसक्दा अघिल्लो चरणको यात्रा तय गर्न असफल भयो ।

भर्खरै ए डिभिजन लिगमा उक्लिएको पोखरेली टिम लालीगुराँसले सिधै बाई पाएर क्वाटरफाइनल खेलेको हो। लालीगुराँसले अब सेमिफाइनलमा अर्को नवप्रवेशी ए डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेडसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । त्यसअघि मंगलबारको अन्तिम क्वाटरफाइनल खेल झापा ११ फुटबल क्लब र सातदोबाटो युथ क्लब ललितपुर बीच प्रतिस्पर्धा हुनेछ ।

झापा ११ ले दोस्रो प्रि–क्वाटरफाइनल खेलमा टोली रोयल थिम्पु फुटबल क्लब भुटानलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगिसकेको छ भने सातदोबाटोले सिधै बाई पाएर अन्तिम आठमा प्रतिस्पर्धा गर्न लागेको हो। फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम