मुख्य समाचार
आयोजक टिम झापा-११ फुटबल क्लब कठिन जित निकाल्दै सातौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश
आयोजक टिम झापा-११ फुटबल क्लब कठिन जित निकाल्दै सातौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

— आयोजक टिम झापा-११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टरफाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाले सिक्किमलाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङको प्रहारले जाली चुम्यो । सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर विवेक मगरले बचाए भने दिपेश क्षेत्रीको प्रहार बाहिरिएको थियो ।
खेल अवधिभर झापाले विपक्षी सिङलिङ स्पोर्टिङ क्लबलाई दबाबमा राख्यो । झापाका आधा दर्जन प्रहार खेर गएको थियो । झापाले खेलको २८ औं मिनेटदेखि विपक्षीमाथि दबाब सिर्जना गर्न सुरु गरेको थियो । झापाका विदेशी खेलाडी ओलावाले अफिजले डिबक्सबाट गरेको पावरफुल प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले विफल बनाए ।

३८ आौ मिनेटमा झापाका समिर तामाङले गरेको प्रहार सिङलिङका गोलकिपरले बचाए । ४९ औं मिनेटमा गोलकिपर बिट भइसकेपछि उनै समिर गोल गर्न चुके । उनको हेडर बाहिरिएको थियो । निर्धारित ९० मिनेटको अन्ततिर मौसम सुब्बाले डिबक्सबाट गरेको प्रहारलाई गोलकिपरले पञ्च गरेर बचाए ।

खेलको ५९ औं मिनेटमा सिङलिङका कप्तान उत्तम राईले झापाका गोलकिपरसंग वान टु वानको अवस्थामा गोल गर्न सकेनन् । सिङलिङले विपक्षी पोष्टमा खासै अवसर सिर्जना गर्न सकेन ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम झापा–११ का गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल पोखराबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपर जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम