। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका तीन किशोरीको नेपाली सेनाले उद्धार गरेको छ ।
निकुञ्जभित्रको बाबा ताल इलाकामा बाटो बिराएर हराइरहेको भन्ने सूचना आएपछि रणसिंह दल गणबाट टोली उद्धारका लागि खटिएको थियो ।
सो क्रममा कन्चनपुरको भिमदत्त नगरपालिका–१५ का तीन किशोरीलाई फेला पारेर प्रशासनको जिम्मा लगाइएको सेनाले बताएको छ ।