मुख्य समाचार
निजी क्षेत्रले आगामी आर्थिक गणनामा अनौपचारिक अर्थतन्त्रका क्षेत्रलाई गणनामा समेट्न सुझाव
निजी क्षेत्रले आगामी आर्थिक गणनामा अनौपचारिक अर्थतन्त्रका क्षेत्रलाई गणनामा समेट्न सुझाव

। निजी क्षेत्रले आगामी आर्थिक गणनामा अनौपचारिक अर्थतन्त्रका क्षेत्रलाई गणनामा समेट्न सुझाव दिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल उद्योग परिसंघबीचको छलफलमा यस्तो सुझाव दिइएको हो । छलफलमा दर्ता नभएका तर सञ्चालनमा रहेका व्यवसायलाई गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनेबारे छलफल भएको कार्यालयले जनाएको छ ।

साथै, तथ्यांक कार्यालय र परिसंघबीच छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्ने र अनुसन्धान तथा तथ्यांक विश्लेषणमा सहकार्य गर्नेबारे समेत छलफल भएको छ ।

कार्यक्रममा परिसंघ महानिर्देशक डा. घनश्याम ओझाले निजी क्षेत्रको तथ्यांक संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताए । सही तथ्यांक आएमात्र उद्योगी र सरकार दुवैलाई योजना बनाउन सहज हुने उनले बताए ।



परिसंघका २९ संस्थागत सदस्य र ५ सयभन्दा बढी आबद्ध सदस्य मार्फत जनचेतना फैलाउन सकिने उनले जानकारी दिए । तथ्यमा आधारित योजनाका लागि आफूहरू सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले अर्थतन्त्र मापनका लागि आर्थिक गणना गर्न लागिएको बताए । उनले आार्थिक गणनामा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्यांक ऐन २०७९ अनुसार तथ्यांकको पूर्ण गोपनीयता कायम गरिने बताए ।

कार्यालय उद्योगी–व्यवसायीको विवरणको सुरक्षाप्रति संवेदनशील रहेको उनको भनाइ छ । यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचक तयार गरी अनुसन्धान र नीति निर्माणमा प्रयोग गर्न भएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले २३ र २४ भदौको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगको म्याद फेरि थपेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गृहमन्त्री अर्यालले भने, 'नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ ...
। सिरहा कारागारमा कैदीबन्दीले तोडफोड आगजनी गरेका छन् । जेलभित्रै नाइकेको विषयलाई लिएर विवाद भएको हो । कारागरभित्रै अराजकता मचाएपछि सिराहा प्रहरीले नाइके इन्द्रजित यादव सहित १३ जनालाई पक्राउ गरेको छ । यादवलाई पक्राउ गरेको विषयलाई लिएर जेलभित्रै उनी पक्षका कैदीबन्दीहरूले तोडफोड र आगजनी गरेका हुन् । कारागारभित्र गोली र ठूलो परिमाणमा नगद रकम बरामद भएको थियो ...
। संखुवासभाको पाँचखपन नगरपालिका –६ वाना बजारमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय वानाले सोमबार दिउँसो पाँचखपन –६ स्थित वाना बजार क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ५ लाख १३ हजार ३ सय ५० रुपैयाँ र तास बरामद गरेको छ ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय शक्तिले लोकप्रियवादको प्रयोग गरी चलखेल गरेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय शक्तिले नेपालको लोकतन्त्रमाथि प्रहार गरेको समेत दाबी गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको वाहकका रूपमा यो फेरि जनताको आशा र भरोसाको केन्द्र बन्दै छ। विचार, राजनीति, सिद्धान्त, इतिहास र विरासतका बहस भए पनि सोसल मिडियामा स्टन्ट ...
— सिरहा सदरमुकामस्थित कारागारबाट बन्दुक र गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्र एक थान बन्दुक र दुई राउन्ड गोली भेटिएको हो । यससँगै कारागारबाट चुरोट, सुर्तीलगायतका प्रतिबन्धित पदार्थ पनि बराबर गरिएको छ । यस्तै, यसमा संलग्न रहेको आरोपमा नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा ल्याइएको छ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम