मुख्य समाचार
नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान-प्रदानबारे छलफल
नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान-प्रदानबारे छलफल

। नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान-प्रदानबारे छलफल भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिबी भेटवार्ता भएको हो ।




भेटघाटमा नेपाल-कतार आर्थिक विकास, पर्यटन प्रवर्द्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्य थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।

विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडान संख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्य सम्भावनाबारे छलफल केन्द्रित थियो ।



छलफल क्रममा मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिकालाई महत्त्वपूर्ण हुने बताए ।

उनले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको पनि जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तार सम्भावना भएको बताए । उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको बताए ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

उक्त भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, पर्यटन प्रवर्द्धन तथा हवाई सम्पर्क विस्तार मार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कतारी प्रतिनिधिमण्डल नेपाल कतार संयुक्त व्यवसाय परिषद् ( जेबीसी) बैठकका लागि नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा हिजो नेपाल आएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय शक्तिले लोकप्रियवादको प्रयोग गरी चलखेल गरेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय शक्तिले नेपालको लोकतन्त्रमाथि प्रहार गरेको समेत दाबी गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको वाहकका रूपमा यो फेरि जनताको आशा र भरोसाको केन्द्र बन्दै छ। विचार, राजनीति, सिद्धान्त, इतिहास र विरासतका बहस भए पनि सोसल मिडियामा स्टन्ट ...
— सिरहा सदरमुकामस्थित कारागारबाट बन्दुक र गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्र एक थान बन्दुक र दुई राउन्ड गोली भेटिएको हो । यससँगै कारागारबाट चुरोट, सुर्तीलगायतका प्रतिबन्धित पदार्थ पनि बराबर गरिएको छ । यस्तै, यसमा संलग्न रहेको आरोपमा नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा ल्याइएको छ ...
। विदेश पठाउने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० मा रहेको ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल छन् । अध्ययन भिसामा २ विद्यार्थीलाई पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार जम्मा गर्न लगाई उनी फरार भएका थिए । ...
— हेटौंडा बजार क्षेत्रको सडक बिस्तार सम्बन्धी मुद्दा पूर्ण इजलासमा सुनुवाईका लागि फागुन १० गते पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सुनुवाईका लागि पूर्ण इजलासमा पेश गर्ने आदेश भएको हो । सर्वोच्चले फागुन १० गते पेसी तोकेको छ । यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग ...
। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका तीन किशोरीको नेपाली सेनाले उद्धार गरेको छ । निकुञ्जभित्रको बाबा ताल इलाकामा बाटो बिराएर हराइरहेको भन्ने सूचना आएपछि रणसिंह दल गणबाट टोली उद्धारका लागि खटिएको थियो । सो क्रममा कन्चनपुरको भिमदत्त नगरपालिका–१५ का तीन किशोरीलाई फेला पारेर प्रशासनको जिम्मा लगाइएको सेनाले बताएको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम