मुख्य समाचार
सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा अलपत्र परेको पुल तत्काल निर्माणको माग गर्दै स्थानीयवासी आन्दोलित
सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा अलपत्र परेको पुल तत्काल निर्माणको माग गर्दै स्थानीयवासी आन्दोलित

। हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा अलपत्र परेको पुल तत्काल निर्माणको माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

पुल नहुँदा बारम्बार दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले सोमबार बिहान अलपत्र पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका छन् ।

प्रदर्शनका क्रममा स्थानीयले प्रहरी, प्रशासन र ठेकेदारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी स्थानीय दिपेन्द्र यादवका अनुसार पुल निर्माण अलपत्र हुँदा दैनिकजसो दुर्घटना भइरहेको छ र निर्दोष नागरिकले ज्यान गुमाइरहनु परेको छ ।

अर्का स्थानीय लक्ष्मी प्रसाद यादवका अनुसार वर्षामा आउने बाढी तर्न नसक्दा आवतजावत पूर्ण रूपमा ठप्प हुन्छ, जसले गर्दा दैनिक यात्रामा कष्टकर हुने गरेको छ ।

यसैगरी अमित कुमार यादव (बन्ठा) ले पुल निर्माण सुरु भएको करिब चार वर्ष बितिसक्दा पनि काम सम्पन्न नहुनु सरकार र ठेकेदार दुवैको लापरबाही भएको आरोप लगाए ।

सुगम निर्माण सेवाले पाएको छ ठेक्का

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले पुल नहुँदा औरही, बरियारपट्टि, नवराजपुर, अर्नामा तथा सिरहा नगरपालिका क्षेत्रका नागरिकलाई आवतजावतमा ठूलो समस्या भइरहेको बताए । पटक–पटक ठेकेदारसँग छलफल भए पनि काम अघि नबढेको उनको भनाइ छ ।

२०७९ साल माघ १५ गते करिब ११ करोड ५४ लाख रुपैयाँ लागतमा सुगम निर्माण सेवा प्रा.लि., महेन्द्रनगर धनुषाले पुल तथा कल्भर्ट निर्माणको ठेक्का पाएको थियो । सम्झौता अनुसार म्याद सकिएर एकपटक थप भए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।

निर्माण कम्पनीले करिब ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको भए पनि काम जम्मा ३९ प्रतिशत मात्र सम्पन्न भएको छ । दरैयामा बन्ने बक्स कल्भर्टको काम त सुरु नै भएको छैन ।

‘ठेकेदार सम्पर्कविहीन’

हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्ण कुमार महतोका अनुसार ठेकेदार हाल सम्पर्कविहीन छन् । एक साताभित्र सम्पर्कमा आएर काम सुरु नगरे ठेक्का तोड्ने तयारीमा रहेको उनले बताए ।

सिरहामा हुलाकी सडक अन्तर्गत रहेका पाँच योजनामध्ये हालसम्म लगदीगढियानी सडकको काम मात्र अघि बढेको छ । अन्य योजनाहरू कहिले सुरु हुने भन्ने अझै टुंगो छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुर्खेतमा लागुऔषध सेवन गरी सवारीसाधन चलाइरहेका ६ जना पक्राउ परेका छन् । सोमबार वीरेन्द्रनगर नगरपालिका-११ मा जाँचको क्रममा उनीहरूले लागूऔषध सेवन गरेर सवारीसाधन चलाइरहेको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। लापसे किटबाट चेक गर्दा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीले वीरगञ्ज महानगरपालिका–८ पर्साका २८ वर्षीय ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सञ्चालन गरेको मिसन– २०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् । मिसन–२०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य–सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थमन्त्रालयसँग आवश्यक समन्वय गर्ने पनि बताइन् । जापनमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उदेश्यका साथ ...
। आगामी फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेको छ । जसअनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा एक/एक जना स्वंयसेवकहरू खटिनेछन् । निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमको मुख्य उद्देश्य आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्ने रहेको छ । जसमार्फत जिम्मेवार र ...
— उच्च अदालत विराटनगरले ‘३३ किलो सुन तस्करी’ तथा सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैदको सजाय सुनाएको छ । जिल्ला अदालत मोरङको अघिल्लो फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्चले आइतबार यस्तो फैसला सुनाएको हो । न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले अन्य केही ...
। निजी क्षेत्रले आगामी आर्थिक गणनामा अनौपचारिक अर्थतन्त्रका क्षेत्रलाई गणनामा समेट्न सुझाव दिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल उद्योग परिसंघबीचको छलफलमा यस्तो सुझाव दिइएको हो । छलफलमा दर्ता नभएका तर सञ्चालनमा रहेका व्यवसायलाई गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनेबारे छलफल भएको कार्यालयले जनाएको छ । साथै, तथ्यांक कार्यालय र परिसंघबीच छिट्टै समझदारीपत्रमा हस्ताक्षर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम