। एआईले (आर्टिफिसियल इन्टेलिजेन्स)ले अपराध अनुसन्धानमा चुनौती थपेको निष्कर्ष निकालिएको छ ।
प्रहरी प्रधान कार्यालयमा सोमबार भएको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीदेखि अन्य वक्ताहरुले एआईले अपराध अनुसन्धानमा चुनौती थपेको बताएका हुन् ।
अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तक्रिर्यामा बोल्दै आईजीपी कार्कीले बदलिदो परिस्थितीमा एआईमार्फत हुने डिप फेकका कारण अपराध अनुसन्धान नै प्रभावित हुनसक्ने जोखिम रहेको औंल्याए ।
त्यसका लागि प्रहरीले नै एड्भान्स एनालेटिक सेल गठन गर्नुपर्ने अवस्था आएको औंल्याए ।
अपराध अनुसन्धान विभागका प्रमुख तगा एआईजी सुशील सिंह राठौरले मिसइन्सफरमेशन, डिसइन्फरमेश र डिपफेकका कारण अपराध अनुसन्धानमा मुख्यगरी चार प्रकारका समस्याहरुर देखिने बताए ।
यस्ता कन्टेले अपराध अनुसन्धानमै जटिलता आउने, सामाजिक अशान्ति र हिंसाको सम्भावना बढ्ने, प्रहरी प्रतिको विश्वसनियतामा कमी आउन सक्ने र दोषी पहिचानमा अवरोध हुनसक्ने औंल्याए ।
राठौरले भनेजस्तै पूर्वएआईजी सुरेन्द्र बहादुर शाहले डिपफेक र मिसइन्फरमेशन, डिसइन्सफरमेशका कारण अपराध अनुसन्धानमा जटिलता आउने प्रहरीको विश्वसनियतामा पनि कमी आउन सक्ने बताउँदै बेलैसमा यस्ता भ्रमहरु चिर्न जतिसक्दो चाँडो तथ्य सूचना प्रहरीले सार्वजनिक गर्नुपर्ने धारण राखे ।
प्रहरीमाथि भरोसा गर्ने व्यक्तिले प्रहरीमाथि पूर्ण विश्वास गर्ने अवस्था नरहेकाले त्यसप्रति पनि प्रहरीले ध्यान दिन आवश्यक रहेको उनले औंल्याए ।
पूर्वएआईजी बमबहादुर भण्डारीले सुझाव दिँदै बाह्य मुलुकहरुमा यस्ता अफवाह तथा प्रोपागाण्डाहरू विरुद्ध लड्न ह्युमन इन्टेलिजेन्स र टेक्निकल इन्टेलिजेन्स गरी दुई फरक–फरक युनिट हुने गरेकाले यहाँ पनि त्यस्तै प्रकृति युनिट आश्यक रहेको बताएका थिए ।
अब टेक्निकल इन्टेलिजेन्स बिना प्रहरी प्रो–एक्टिभ हुन नसक्ने भएकाले यसको अति आश्यक रहेको औंल्याए । ‘ह्युमन इन्टेलिजेन्स मात्रै हुने हो भने प्रहरी प्रो–एक्टिभ होइन रिएक्टिभ मात्रै हुन्छ । प्रहरी प्रो–एक्टिभ हुनलाई छुट्नै टेक्निकल इन्टेलिजेन्सको आवश्यकता छ’ भण्डारीले भने ।