मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताए

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताएका छन् ।

आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताएका हुन् ।




सुशासन कायम गर्नको लागी संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र दुरुस्त कार्यान्वयन गर्नुपर्नेमा जोड उनले दिए ।

भ्रष्टाचार नियन्त्रणमा अख्तियार अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको उनको भनाइ छ । सुशासन कायम गर्न सरकार, नागरिक समाज र सञ्चारजगत सबैको भूमिका अपरिहार्य रहेको पनि उनले बताए ।



‘अहिले हामीले जुन हिसाबले काम गरिरहेका छौं, त्यसबाट समाजमा आशा जगाएको छ । हामी २०७७ सालको माघ २१ गते जुन अवस्थामा यहाँ हाजिर भइएको थियो र अहिले यहाँ आइपुग्दाखेरि विगतमा आयोगलाई हेर्ने दृष्टिकोण र अहिले हेर्ने दृष्टिकोण फरक छ,’ राईले भने, ‘विगतमा आचोलना हुने गरेको थियो । अहिले आलोचना १०० प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ । पाँच वर्षे कार्यकालमा हामीले आयोगको स्तर बढाएका छौं ।’

अख्तियार ऐन, नियम र कानुन अनुसार भ्रष्टाचार नियन्त्रणमा निरन्तर क्रियाशील रहेको उनको भनाइ छ । भ्रष्टाचार नियन्त्रणको लागि जनशक्ति वृद्धि, कार्यशैलीमा परिवर्तन र प्रविधिको प्रयोग बढाइएको उनको भनाइ छ ।

भ्रष्टाचार नियन्त्रणका लागि अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको पनि दाबी गरे ।

‘सुशासनको लागी हामी काम गर्दै आइरहेको छौं । ऐन, नियम, कानून अनुसार भ्रष्टाचार नियन्त्रणको काम गर्दै आएका छौं । हामीले जनशक्ति थप्यौं, काम गर्ने तरिकाहरू हामीले बदल्यौं, प्रविधिहरू पनि फेरि बढ्दै गएको छ । सोही अनुसार भ्रष्टाचारको प्रवृत्तिहरू पनि बढ्दै गएको छ । भ्रष्टाचारको अवस्था झन जटिल र कठिन बन्दै गएको छ । त्यसैले हामीले अझै सशक्त ढंगले बढ्नुपर्ने अवस्था देखिएको छ । हाम्रो मुख्य काम सुशासन कायम गर्नु नै हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ । राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ...
नेपालमा नवजात शिशु, शिशु र बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा अधिक रहेको पाइएको छ ।
। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रहरूले राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे ...
। नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान-प्रदानबारे छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदली तथा कतार ...
। आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न आदिवासी ज्ञान सम्मेलन आयोजना गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडीन)ले काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्यमा राष्ट्रिय सभा गृहमा सम्मेलन आयोगना गरेको हो । आइतबारदेखि सुरु भएको सम्मेलन मंगलबारसम्म चल्नेछ । एनएफडीनले रजत जयन्तीको अवसरमा पारेर सम्मेलन आयोजना गरेको हो । ‘ज्ञानको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम