मुख्य समाचार
आफू प्रहरी भएको बताउँदै ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ
आफू प्रहरी भएको बताउँदै ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

। आफू प्रहरी भएको बताउँदै ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–१ घर भएका ४० वर्षीय दीपक थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।


हुण्डी कारोबार मुद्दामा पक्राउ परेका दावा भनिने दाफुरी शेर्पालाई छुटाउने भन्दै उनको आमासँग ५ लाख लिएर ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

आफू प्रहरी रहेको बताउँदै हिरासतमा रहेका व्यक्ति छुटाउने प्रलोभन देखाएर उनले ठगी गरेका थिए । नक्कली प्रहरीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित फिनल्याण्डका नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६४ वर्षीय इम्यिाज अहमद छन् । शनिबार बेलुका उनलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट ४० ग्राम सुनसहित उनी पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । चार वटा बिस्कुटको आकारमा उनले ती सुन बोकर ल्याएको प्रहरीले ...
। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए । प्रहरीले उनलाई शुक्रबार मात्रै दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनी पक्राउ परेका थिए । प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अति आवश्यक भइसकेको दाबी गरेका छन् । आइतवार काठमाडौंका पार्टीको उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति, पार्टी, गुट, व्यक्ति सबैलाई छहारी दिएर देशलाई अघि बढाउन मुलुकमा राजसंस्था छहारी अतिआवश्यक भएको पार्टीको ...
। संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर्माण गर्न क्रममा लडेर मादी – ५ का ६५ बर्षीय नर बहादुर पौडेलले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए । आइतबार दिउँसो २ बजे काम गर्दागर्दै लडेर ...
। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली राजनीतिमा नयाँ संकट आउने संम्भावनाबारे शंका गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बाँस्कोटाले उनले राजनीतिक बजारमा ‘गडबडी’को शंका गरेका हुन् । ‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेका आशंका राजनीतिक बजारमा ब्याप्त,’ बास्कोटाले लेखेका छन्, ‘क-कसले के-के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो, थाहा छैन ।’ उनले दल, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम