मुख्य समाचार
सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा ६.१५ प्रतिशतमात्र बजेट खर्च
सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा ६.१५ प्रतिशतमात्र बजेट खर्च

। सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा ६.१५ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।

मन्त्रालयले यो वर्ष ९१ अर्ब ३५ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । पुस मसान्तसम्म मन्त्रालयको खर्च ५ अर्ब ६१ करोडमात्र भएको देखिएको छ । जुन वार्षिक लक्ष्यको ६.१५ प्रतिशत हो ।

सहरी विकास मन्त्रालय पूँजीगत बजेट बढी ‘होल्ड’ गर्ने मन्त्रालयमध्ये एक हो । तर, पूँजीगत बजेट खर्च नै कमजोर हुँदा समग्र बजेट खर्च प्रभावित भएको हो ।

यस मन्त्रालयका लागि चालु बजेट २ अर्ब ८५ करोड र पूँजीगत बजेट ८८ अर्ब ४९ करोड विनियोजन भएको थियो । खर्च भने ६ महिनामा चालु बजेट ६८ करोड ७४ करोड भएको छ । जुन लक्ष्यको २४.०८ प्रतिशत बराबर हो ।


पूँजीगत बजेट ४ अर्ब ९३ करोडमात्र खर्च भएको छ । जुन लक्ष्यको ५.५७ प्रतिशत हो । पहिलो ६ महिनामा नेपाल सरकारको समग्र पूँजीगत खर्च गत आवको तुलनामा समेत तल झरेको छ । यसो हुनुमा ठूलो बजेट राख्ने विकासे मन्त्रालयहरू नै विकास खर्चमा कमजोर हुनु मुख्य कारण हो । सहरी विकास मन्त्रालय स्वयं र मातहतका तीन दर्जन निकाय मार्फत यस मन्त्रालयले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने गर्छ ।

पहिलो अर्धवार्षिक समीक्षा अवधिमा बागमती सुधार आयोजनाको बजेट खर्च ५.४४ प्रतिशतमात्र भएको छ । सहरी विकास तथा भवन निर्माण विभागको ८.४ प्रतिशत खर्च भएको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले लक्ष्यको १५.८७ प्रतिशत बजेट खर्च गरेको देखिन्छ ।

सघन सहरी विकास कार्यक्रमले १६.६९ प्रतिशत र नेपाल–भारत सीमा एकीकृत जाँच चौकी विकास आयोजनाको १.३४ प्रतिशतमात्र बजेट खर्च भएको छ । स्थानीय पूर्वाधार विकास विभागको खर्च १०.८८ प्रतिशत, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको ११.९२ प्रतिशत बजेट खर्च देखिन्छ ।

अर्थले बजेट रोक्का राख्दा खर्च प्रभावित

मन्त्रालयका अनुसार नयाँ सरकार गठन भएसँगै अर्थ मन्त्रालयले ठूलो बजेट रोक्का राखेको थियो । जसको असर खर्चमा परेको छ । मन्त्रालय र मातहत निकायको सुरु विनियोजन बजेट ९१ अर्ब ३४ करोडमध्ये २ हजार १ सय ९० आयोजनाको ६१ अर्ब ७६ करोड बराबर बजेट रोक्का राखिएको थियो ।

सोही रोक्का बजेट फुकुवाका लागि विभिन्न तहमा छलफल तथा औपचारिक निर्णय र पत्राचार गरी रोक्का फुकुवाको काम गरिएको मन्त्रालयले अर्धवार्षिक समीक्षा प्रतिवेदनमा लेखेको छ ।

अझै पनि मन्त्रालय मातहत ४१ करोड ७७ लाख बराबरको कार्यक्रम रोक्का रहेको समेत बताइएको छ । यस अवधिमा मन्त्रालय र मातहत निकायको नियमित कार्य सञ्चालन कागज रहित तथा पूर्ण डिजिटल पद्धतिमा रूपान्तरण गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली पूर्णरूपमा उपयोगमा ल्याइएको छ ।

रुग्ण ठेक्का व्यवस्थापनमा तीव्रता

मन्त्रालयका अनुसार यस अवधिमा मन्त्रालय र मातहत निकायमा लामो समयदेखि रुग्ण अवस्थामा रहेको सार्वजनिक निर्माण कार्यका ठेक्कालाई सम्झौतामा तोकिएको सर्त बमोजिम व्यवस्थित गर्ने कामलाई तीव्रता दिइएको छ । सहजीकरण गरी निर्माण कार्य गर्न सकिने आयोजनालाई सोही बमोजिम र लापरवाहीपूर्वक ढिलाइ गरी रुग्ण भएका आयोजनाको ठेक्का सम्झौता अन्त्य गरी थप कारबाही प्रक्रिया अगाडि बढाइएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रूपान्तरण हुने गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेस गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव ...
। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको दायित्व ५५ अर्ब हाराहारी पुगेको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई पटक गरी ३६ अर्ब ऋण लिएको थियो । त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको ...
। मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म मुलुकको कुल बेरुजु साढे ७ खर्बमाथि पुगेको हो । महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष कुल ९४ अर्ब ८४ अर्ब ४० करोड रुपैयाँ बराबर लेखा परीक्षण ...
: सेयर अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका–२०८२ पारित नहुँदा करिब ३६ कम्पनीका संस्थापक सेयर सूचीकृत हुन सकेका छैनन्। २०८१ माघमा ओम मेगाश्री फर्मास्युटिकल्सलगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए। तर, यी कम्पनीहरूको संस्थापक सेयर सूचीकृत हुन सकेका हुन्। यसमा जलविद्युत् क्षेत्रका मात्रै करिब २४ आयोजनाका करिब १ अर्ब ८० करोड कित्ता संस्थापक सेयर सूचीकृतको पर्खाइमा छन्। आईजीन विवादले ...
। नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ । अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी गरेका हुन् । श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा क्रस–बोर्डर भुक्तानी सुरुवातको घोषणा गरिएको छ। उक्त व्यवस्थापछि श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्ट ...