मुख्य समाचार
राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने
राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

। राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने भएका छन् । फागुन २० मा कार्यकाल सकिएर बिदा हुन लागेका सांसदहरू सोमबारबाट बिदाइ सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेबाट सुरु भएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएकाले राष्ट्रियसभाको अधिवेशन अन्त्यको तयारी भइरहेको छ ।

यसैक्रममा सोमबार बैठक बस्दैछ । सोही बैठकमा बिदाइ हुनलागेका सांसदले संसद्मा अनुभुति राख्ने कार्यसूची तय भएको छ । सोमबारको बैठकमा अनुभुति राख्नेक्रम नसकिए यही माघ २८ गते बस्ने बैठकमा समेत निरन्तरता पाउनेछ । अर्को बैठक आगामी फागुन १ गतेका लागि राखिएको छ ।

संसद् सचिवालयका अधिकारीहरूका अनुसार सरकारले तय भएको भन्दा थप बैठक नराख्ने गरी व्यवस्थापन गर्न सरकारले सन्देश पठाएको छ । त्यसअनुसार संसद सचिवालयले कार्यसूची तय गरेको हो ।

यसपटक कार्यकाल सकिएर यसपटक १९ जना बिदा हुन लागेका छन् । त्यसमध्ये १८ जना निर्वाचित भएका हुन् भने एक जना मनोनीत सांसद हुन् । मनोनीत सांसद वामदेव गौतमले राजीनामा दिइसकेका छन् । यस्तै सांसदद्वय नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका छन् । बाँकी १६ जना सांसद बैठकमा आफ्ना अनुभूति राख्नेछन् ।

२१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्यहरू राष्ट्रपतिबाट मनोनीतबाहेक कुनै न कुनै राजनीतिक दलसँग आवद्ध छन् । उनीहरू प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको प्रचारमा सहभागी हुनेछन् । यसकारण स्वयं राष्ट्रिय सभा सदस्यहरूले समेत अधिवेशन लम्बयाउन नहुने मत राख्दै आएका छन् ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय सभाको अधिवेशन अन्त्यको विषयमा सरकारले संसद् सचिवालयका अधिकारीहरूसँग परामर्शसमेत गरेको छ ।

‘प्रतिनिधिसभाको चुनाव आइसक्यो । राष्ट्रिय सभा सदस्य पनि राजनीतिक दलका प्रतिनिधि हुन् । आम निर्वाचन भन्ने छ । यो बेला माथिल्लो सदन चलाइरख्नु उचित देखिन्न । कार्यभार पनि तत्काल सम्पन्न गरिहाल्नुपर्ने अवस्थाका पनि छैनन्’, प्रवक्ता गिरीले भने, ‘यो विषयमा सरकारसँग अनौपचारिक छलफल भएको छ ।’

प्रतिनिधिसभा सदस्यको निर्वाचन भएसँगै प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन एकसाथ सुरु हुनेछ । सरकारले संसद् सचिवालयलाई आगामी चैत १ गतेदेखि नयाँ संसद्को अधिवेशन राख्ने तयारी गरेको छ । त्यसअनुसार व्यवस्थापन गर्न संसद् सचिवालयलाई सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित फिनल्याण्डका नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६४ वर्षीय इम्यिाज अहमद छन् । शनिबार बेलुका उनलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट ४० ग्राम सुनसहित उनी पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । चार वटा बिस्कुटको आकारमा उनले ती सुन बोकर ल्याएको प्रहरीले ...
। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए । प्रहरीले उनलाई शुक्रबार मात्रै दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनी पक्राउ परेका थिए । प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, ...
। आफू प्रहरी भएको बताउँदै ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–१ घर भएका ४० वर्षीय दीपक थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । हुण्डी कारोबार मुद्दामा पक्राउ परेका दावा भनिने दाफुरी शेर्पालाई छुटाउने भन्दै उनको आमासँग ५ लाख लिएर ठगी ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अति आवश्यक भइसकेको दाबी गरेका छन् । आइतवार काठमाडौंका पार्टीको उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति, पार्टी, गुट, व्यक्ति सबैलाई छहारी दिएर देशलाई अघि बढाउन मुलुकमा राजसंस्था छहारी अतिआवश्यक भएको पार्टीको ...
। संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर्माण गर्न क्रममा लडेर मादी – ५ का ६५ बर्षीय नर बहादुर पौडेलले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए । आइतबार दिउँसो २ बजे काम गर्दागर्दै लडेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम