मुख्य समाचार
जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल
जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल

। जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ ।

आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा सबैभन्दा धेरै सिट जितेको हो ।

सरकारी प्रसारक एनएचकेले सार्वजनिक गरेको नतिजाअनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ, जुन साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ सिट बढी हो ।

पार्टीको स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले भनिन्, ‘हामीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएका छौं । हामी वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिनेछौं र आवश्यक लगानी सुनिश्चित गर्नेछौं ।’


को हुन् ताकाइची ?

मार्गरेट थ्याचरप्रति उनको प्रशंसाका कारण ‘आइरन लेडी’ उपनाम पाएकी सानाए ताकाइची जापानको लिबरल डेमोक्रेटिक पार्टीको दक्षिणपन्थी धारमा पर्ने, व्यक्तित्वका रूपमा चिनिन्छिन् । उनी लैङ्गिक समानताबारे रूढिवादी दृष्टिकोण र कडा आप्रवासन नीतिका कारण परिचित छिन् ।

पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी मानिने ६४ वर्षीया ताकाइचीले आफ्नो राजनीतिक करिअरमा विभिन्न मन्त्री पद सम्हालिसकेकी छन् ।

उनी पाँच वर्ष अवधिमा जापानको चौथी प्रधानमन्त्री हुन् । जापानमा अघिल्ला प्रधानमन्त्रीहरूको लोकप्रियता तीव्र रूपमा घट्नु र विभिन्न काण्डमा मुछिएका कारण पद छोड्न बाध्य भएका थिए ।

राजनीतिमा आउनु अघि ताकाइचीले केही समय टेलिभिजन प्रस्तोता (होस्ट) का रूपमा पनि काम गरेकी थिइन् ।

हेभी मेटल संगीतकी पारखी उनी एक ब्याण्डमा पनि संलग्न थिइन् । स्टेजमा जोसिलो प्रस्तुति दिँदा ड्रमस्टिक भाँचिने भएकाले सधैं धेरै ड्रमस्टिक बोकेर हिँड्ने व्यक्ति भनेर उनी चर्चित थिइन् ।

ताकाइची व्यक्तिगत रूपमा निकै लोकप्रिय भए पनि पछिल्ला वर्षहरूमा सत्तारूढ एलडीपी चन्दा र धार्मिक काण्डका कारण दबाबमा थियो ।

तर, घरपरिवारलाई बढ्दो महँगीको मारबाट जोगाउन खाद्यान्नमा लाग्ने आठ प्रतिशत बिक्री कर निलम्बन गर्ने चुनावी प्रतिबद्धतासहित निर्वाचनमा होमिएको थियो । विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा ठूलो ऋण बोकेको देशले यस्तो योजना कसरी वित्तपोषण गर्छ भन्ने प्रश्न अहिले उठेको अलजजिराले लेखेको छ ।

ताकाइचीलाई ट्रम्पको बधाई, चीनलाई तनाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई समर्थन जनाउँदै बधाई दिएका छन् । ट्रम्पले ताकाइचीलाई ‘पूर्ण समर्थन’ रहने बताएका छन् ।



ताकाइचीले पनि आफूलाई समर्थन गरेको भन्दै ट्रम्पप्रति धन्यवाद व्यक्त गरेकी छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि ताकाइचीले ‘ठूलो जित’ हासिल गरेको भन्दै प्रशंसा गरेका छन् ।

तर जापानको निर्वाचन परिणामले चीनलाई भने तनाव थपेको कूटनीतिक क्षेत्रका एक जानकारले बताएका छन् । ‘बेइजिङले ताकाइचीको जितलाई स्वागत गर्ने छैन,’ भू–राजनीतिक जोखिमसम्बन्धी सल्लाह दिने एसिया ग्रुपका प्रमुख डेभिड बोलिङले भनेका छन्, ‘चीनले अब यो वास्तविकता स्वीकार्नुपरेको छ कि उनी मजबुत रूपमा सत्तामा छिन् र उनलाई पूर्ण रूपमा एक्ल्याउने प्रयास असफल भएको छ ।’

पदभार सम्हालेको केही सातामै ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरे जापानले कसरी प्रतिक्रिया जनाउन सक्छ भन्ने विषय सार्वजनिक रूपमा उठाएपछि पछिल्लो एक दशककै ठूलो कूटनीतिक तनाव उत्पन्न भएको थियो ।

‘उनले चाहेको कानुन बनाउन सक्छिन्’

होसेई विश्वविद्यालयका प्राध्यापक क्रेग मार्कका अनुसार तल्लो सदनमा ताकाइचीको स्पष्ट बहुमतले एलडीपीलाई विपक्षी दलहरूलाई पन्छाउँदै निर्णय गर्न सक्ने र आफूले चाहे अनुसारको कानुन बनाउन सक्ने हैसियत दिएको छ।

‘हालै पारित भएको रेकर्ड बजेट होस् वा रक्षा खर्च, उनी चाहेको कुनै पनि कानुन अघि बढाउन सक्छिन्,’ मार्कले अल जजिरालाई भनेका छन् ।

उनका अनुसार यो ताकाइचीका लागि जापानको शान्तिवादी राष्ट्रको छवि परिवर्तन गर्ने सबैभन्दा ठूलो अवसर पनि हो । दोस्रो विश्वयुद्धपछिको जापानी संविधानले सेनालाई औपचारिक रूपमा मान्यता दिएको छैन र त्यसलाई आत्मरक्षात्मक क्षमतामा सीमित गरेको छ ।

जापानको प्रमुख व्यावसायिक महासंघ केइदानरेनका प्रमुखले निर्वाचन परिणामले राजनीतिक स्थिरता फर्काएको भन्दै स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसले जापान शान्तिवादी नीतिबाट भइरहेको विचलनको आलोचनालाई पुन: दोहोर्‍याएको छ। टोकियोले ‘इतिहासका पाठहरू’ बिर्सिंदै गएको आरोप मस्कोले लगाएको छ। बुधबार ‘टास’ समाचार संस्थामा प्रकाशित एक अन्तर्वार्तामा रुसी उप-विदेशमन्त्री सर्गेई र्याबकोभले जापान आफ्ना ‘तीन गैर-आणविक सिद्धान्तहरू’बाट टाढिँदै गएको बताए। दोस्रो विश्वयुद्धपछि स्थापित यस नीतिले जापानलाई आफ्नो भूमिमा आणविक हतियार राख्न, उत्पादन गर्न वा प्रवेश गराउन निषेध ...
: जापान सरकार र युएनडीपीले ‘क्लाइमेट प्रमिस’ पहलअन्तर्गत १२ लाख ९६ हजार अमेरिकी डलर बराबरको 'स्मार्ट बिल्डिङ्स एण्ड ग्रीन इन्फ्रास्ट्रक्चर फर इम्प्रुभ्ड ह्युमन सेक्युरिटी एण्ड सस्टेनेबल डेभलपमेन्ट' परियोजना सुरु गरेका छन्। उक्त परियोजना कैलालीको धनगढी उपमहानगरपालिकामा बढ्दो जलवायु जोखिमसँग जुध्न सहरी सहनशीलता अभिवृद्धि गर्न केन्द्रित रहनेछ। जापानी राजदूत माएदा तोरु र नेपालका लागि युएनडीपीका आवासीय प्रतिनिधि ...
जापानले मंगलबार आफ्नो रक्षा निर्यात नियमहरूमा दशकौंपछिको सबैभन्दा ठूलो परिवर्तनको घोषणा गर्दै हतियार बिक्रीमा कायम रहेका पुराना प्रतिबन्धहरूलाई पूर्ण रूपमा हटाएको छ। यो निर्णयसँगै अब जापानले युद्धपोत, मिसाइल र अन्य उन्नत सैन्य उपकरणहरू विश्व बजारमा निर्यात गर्ने मार्ग प्रशस्त गरेको छ। दोस्रो विश्वयुद्धपछिको आफ्नो शान्तिवादी नीतिलाई परिमार्जन गर्दै जापानले आफ्नो रक्षा उद्योगलाई बलियो बनाउन र क्षेत्रीय शक्ति ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सरकारलाई ‘हनिमुन पिरियड’ नचाहिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको पहिलो वैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाको सरकारले दिन गनेर नभई मिनेट गनेर काम गर्ने बताए । उनले प्रतिशोधका आधारमा विपक्षी दलहरुप्रति व्यवहार नहुने बताएका छन् । नेपाली जनताले काम गरेर देखाउन रास्वपालाई ऐतिहासिक दुई तिहाइ मत दिएको ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेटको मार्ग भएर जापानसँग सम्बन्धित जहाजहरूको आवागमनमा अनुमति दिन तयार रहेको बताएका छन् । उनले जापानको ‘क्योडो न्युज’ सँग इरान होर्मुज स्ट्रेट भएर जापानसँग सम्बन्धित जहाजहरूको आवत–जावतका लागि अनुमति दिन तयार रहेको बताएका हुन् । ‘क्योडो न्युज’ अनुसार अरागचीले प्रतिबन्ध अस्थायी रूपले हटाउने उद्देश्यले जापानी पक्षसँग पहिलेबाट नै कुराकानी सुरू भइसकेको ...