मुख्य समाचार
आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिइएको
आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिइएको

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिइएको बताएका छन् । झापाको एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘मैले नेपाल कस्तो हुनुपर्छ भनेर पनि समृद्ध नेपाल अथवा हाम्रो देश धनी हुनुपर्दछ समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भनेर समृद्ध नेपाल र सुखी नेपाली भन्ने भनेको छु,’ ओलीले भने, ‘यो कुरा हाम्रा वेदहरूले भनेको कुरा हो । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु दुःख कसैलाई पनि नपरोस् भन्ने त्यो भाव सबैमा आओस् भन्ने त्यो पुरानो हाम्रो मन्त्र नै हो ।’

विश्वमा ज्ञान, सृष्टिजस्ता अनेक रचना गर्ने नेपालीका पूर्वजहरू नै रहेको ओलीले बताए । उनले भने, ‘शास्त्र बनाउने हाम्रा पूर्वज थिए, पहिलो सर्जन यहीँ धर्तीका थिए । त्रेतामा विश्वामित्र ऋषि विश्वामित्रका छोरा ऋषि सुश्रुत पहिलो सर्जन थिए विश्वकै । पहिलो सर्जरी गर्ने उनी नै थिए ।’

वेदहरूले भनेजस्तै ‘सबै मान्छे सुखी हुन् कसैले पनि दुःख नपाओस्’ भन्ने आफूले चाहेको पनि अध्यक्ष ओलीले बताए । उनले भने, ‘कोही पनि कुनै आपतमा नपरोस्, डर त्रासको वातावरण नहोस्, सर्वत्र शान्ति होस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित फिनल्याण्डका नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६४ वर्षीय इम्यिाज अहमद छन् । शनिबार बेलुका उनलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट ४० ग्राम सुनसहित उनी पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । चार वटा बिस्कुटको आकारमा उनले ती सुन बोकर ल्याएको प्रहरीले ...
। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए । प्रहरीले उनलाई शुक्रबार मात्रै दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनी पक्राउ परेका थिए । प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, ...
। आफू प्रहरी भएको बताउँदै ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–१ घर भएका ४० वर्षीय दीपक थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । हुण्डी कारोबार मुद्दामा पक्राउ परेका दावा भनिने दाफुरी शेर्पालाई छुटाउने भन्दै उनको आमासँग ५ लाख लिएर ठगी ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अति आवश्यक भइसकेको दाबी गरेका छन् । आइतवार काठमाडौंका पार्टीको उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति, पार्टी, गुट, व्यक्ति सबैलाई छहारी दिएर देशलाई अघि बढाउन मुलुकमा राजसंस्था छहारी अतिआवश्यक भएको पार्टीको ...
। संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर्माण गर्न क्रममा लडेर मादी – ५ का ६५ बर्षीय नर बहादुर पौडेलले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए । आइतबार दिउँसो २ बजे काम गर्दागर्दै लडेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम