मुख्य समाचार
मलेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन
मलेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन

: मलेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न भारतले मलेसियामा नयाँ वाणिज्य दूतावास खोल्ने बताए।




प्रधानमन्त्री मोदीले भने ,'भारत र मलेसिया बीचको सम्बन्ध धेरै विशेष छ। हामी समुद्री छिमेकी हौं। शताब्दीयौंदेखि हाम्रा जनता बीच गहिरो र सौहार्दपूर्ण सम्बन्ध रहेको छ। आज,मलेसिया भारतीय मूलको जनसंख्या भएको विश्वको दोस्रो ठूलो देश हो। पछिल्ला केही वर्षहरूमा,हाम्रो सम्बन्धले नयाँ गति लिएको छ र मेरा मित्र प्रधानमन्त्री अनवर इब्राहिमले यसमा विशेष योगदान दिएका छन्। ऊर्जा, पूर्वाधार र निर्माणमा हाम्रो सहयोग धेरै बलियो भएको छ।'



प्रधानमन्त्री मोदीले डिजिटल अर्थतन्त्र,बायोटेक र आईटीमा पारस्परिक लगानी बढेको र यी उपलब्धिहरूबाट प्रेरित भएर दुई देशबीचको साझेदारीमा अभूतपूर्व गति र गहिराइ ल्याउने निर्णय गरिएको बताए। 'सुरक्षा क्षेत्रमा, हामी आतंकवाद विरोधी, गुप्तचर साझेदारी र समुद्री सुरक्षामा सहयोगलाई सुदृढ गर्नेछौं। हामी रक्षा सहयोगलाई पनि फराकिलो बनाउनेछौं। एआई र डिजिटल प्रविधिहरूसँगै, हामी अर्धचालक, स्वास्थ्य र खाद्य सुरक्षामा साझेदारीलाई अगाडि बढाउनेछौं,उनले भने।'



प्रधानमन्त्री मोदीले मलेसियामा भारतीय कामदारहरूको सुरक्षा गर्न सामाजिक सुरक्षा सम्झौता,पर्यटनको लागि नि:शुल्क ई-भिसा र मलेसियामा डिजिटल इन्टरफेस UPI को कार्यान्वयनले दुवै देशका नागरिकहरूको जीवनलाई सरल बनाउने विश्वास व्यक्त गरे।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारत र मलेसियाले व्यापार, लगानी, कनेक्टिभिटी र रक्षाका क्षेत्रमा सहयोग विस्तार गर्न जारी राख्ने बताए। 'पर्यटन र कनेक्टिभिटी ती क्षेत्रहरू हुन् जसमा हामीले बढी ध्यान केन्द्रित गर्नुपर्नेछ। हामीले गत वर्ष उल्लेखनीय वृद्धि देखेका छौं, भिसा नियमहरू खुकुलो पारेर र हवाई कनेक्टिभिटी बढाएर हामी थप लाभ उठाउने आशा राख्छौं,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम