मुख्य समाचार
महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम लुम्बिनी प्रदेशमा शुभारम्भ
महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम लुम्बिनी प्रदेशमा शुभारम्भ

: महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम लुम्बिनी प्रदेशमा शुभारम्भ भएको छ । आइतबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्यूठानमा एक कार्यक्रमबीच खोप कार्यक्रम शुभारम्भ गरेका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै मन्त्री सारुले महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप देशभर ३ लाख ५० हजार र लुम्बिनी प्रदेशमा ६१ हजार किशोरीलाई दिइने उल्लेख गरे ।

‘रोग लाग्नु भन्दा पहिले नै सचेतता अभियानको रुपमा खोप कार्यक्रम सञ्चालन गरिएको छ’, उनले भने, ‘खोपका माध्यमबाट स्वस्थ नागरिक बनाउने सरकारको नीति अनुरुप कार्यक्रम सञ्चालन गरिएको छ ।’ खोप कार्यक्रममा कक्षा–६ मा अध्ययनरत किशोरी र समुदायमा रहेका १० देश १४ वर्ष उमेर समूहका किशोरीहरु सहभागी हुनेछन् ।

नेपाल सरकारले तीनै तहका सरकारमार्फत क्यान्सर रोकथामका लागि विभिन्न प्रयासहरु गर्दै आएको स्वास्थ्यमन्त्री सारुले बताए । ‘९०–९०–९० अभियान सरकारले सञ्चालन गरेको छ’, उनले भने, ‘किशोरीहरुमा कम्तिमा ९० प्रतिशत खोपको सुनिश्चितता, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरुमा कम्तिमा ९० प्रतिशत पहिचान गर्ने र ९० प्रतिशत क्यान्सरको उपचार गर्ने सरकारको रणनीति रहेको छ ।’

nullसरकारी तथ्याङ्क अनुसार नेपालमा २,१६९ जनामा बार्षिक पाठेघरको मुखको क्यान्सर देखापर्ने र १,११३ जनाले यसैका कारण ज्यान गुमाउने गरेका छन् । विश्वव्यापी रुपमा बार्षिक ५ लाख ७० हजारमा क्यान्सर देखा पर्ने र सन् २०३० सम्म ७ लाख पुग्ने अनुमान गरिएकाले यसको रोकथामका लागि सरकारले अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठले बताए । प्यूठान जिल्लाका नौं वटै पालिकामा सञ्चालन गरिएको खोप कार्यक्रमबाट २,९११ जना किशोरी लाभान्वित हुने लक्ष्य रहेको उनले बताए ।

क्यान्सर रोगीहरुको स्थिति भयावह
लुम्बिनी प्रदेशमा क्यान्सर रोगीहरुको स्थिति भयावह देखिएको स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताएका छन् । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको प्यूठानमा शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

‘तीन वर्षअघिको र अहिलेको तथ्यांक हेर्दा ३ सय प्रतिशतले नसर्ने रोगीहरुको संख्या बढेको छ’, उनले भने, ‘प्रदेश सरकारले सबै प्रकारका क्यान्सर, मुटु र मृगौला रोगीहरुका लागि दिने गरेको सहायता खर्चले यस्तो स्थिति देखिएको हो ।’ गत आर्थिक वर्षमा प्रदेश सरकारले ३,८५१ जनालाई आर्थिक सहायता मार्फत १९ करोड सहयोग गरेको उनले बताए ।

प्रदेश सरकारले तीन वर्ष अघि १,२२४ जनालाई नौं करोड रुपैंया सहयोग उपलब्ध गराएको थियो । प्रदेश सरकारले तोकिएका दीर्घरोगीहरुलाई उपचारका लागि प्रतिव्यक्ति २ लाख रुपैंयासम्म सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम