मुख्य समाचार
माघको ठिहिर्‍याउने जाडोलाई पनि चुनौती दिँदै रुकुम पूर्वमा १७ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
माघको ठिहिर्‍याउने जाडोलाई पनि चुनौती दिँदै रुकुम पूर्वमा १७ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

: निर्वाचनको दिन नजिकिँदै गर्दा माघको ठिहिर्‍याउने जाडोलाई पनि चुनौती दिँदै रुकुम पूर्वमा १७ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । डाँडाकाँडामा सेताम्मे हिउँ हुँदाहुँदै पुथा उत्तरगंगा गाउँपालिका–१० स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो ।



गाउँपालिकास्तरीय छनोट प्रतियोगिता सम्पन्न भएसँगै जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वको आयोजनामा पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाबाट छनोट भएका खेलाडीहरूले प्रतियोगितामा प्रतिष्पर्धा गरिरहेका छन् । चिसो मौसमका बाबजुद खेल मैदानमा खेलाडी, प्रशिक्षक र दर्शकको उत्साहले प्रतियोगितालाई थप रोचक बनाएको छ ।



nullप्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाको प्रदेश मामिला तथा कानुन समिति सभापति दिलकुमारी बुढामगरले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् । उनले यस्ता प्रतियोगिताले गाउँस्तरमा रहेका प्रतिभालाई राष्ट्रिय मूलधारमा ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।



लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन मगरले आफ्नो निर्वाचन क्षेत्रमा शैक्षिक सुधारसँगै खेलकुद पूर्वाधार निर्माणमा समेत जोड दिएको बताएका छन् । सांसद पुनले खेल अनुशासन र नियमको विषय भएकाले निष्पक्ष रूपमा प्रतियोगिता सञ्चालन गर्न आयोजक र रेफ्रीलाई आग्रह गरे ।

जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले खेलकुद विकासका लागि पालिकाले लगानी बढाउँदै लगेको बताएका छन् । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पनि खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिष्पर्धा गर्न शुभकामना दिए ।

आयोजक पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले विकट भूगोल र चिसो मौसमका बाबजुद प्रतियोगितालाई सफल बनाउन पालिका प्रतिबद्ध रहेको बताए । कार्यक्रमका अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका संयोजक एवं लुम्बिनी प्रदेश खेलकुद परिषद् हरिबहादुर थापाले रुकुम पूर्वमा खेलकुदको प्रचुर सम्भावना रहेको औंल्याउँदै खेलाडीहरूलाई अनुशासन र खेल भावना कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

प्रतियोगितामा छात्र तथा छात्रातर्फ भलिबल, एथलेटिक्स, मार्सल आट्र्स लगायतका विभिन्न विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताले जिल्लाका उदीयमान खेलाडीहरूलाई नयाँ ऊर्जा र अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम