मुख्य समाचार
नेकपा एमाले र नेपाली कांग्रेसबाट गठबन्धनको प्रस्ताव आए पनि त्यो टरिसके
नेकपा एमाले र नेपाली कांग्रेसबाट गठबन्धनको प्रस्ताव आए पनि त्यो टरिसके

: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले र नेपाली कांग्रेसबाट गठबन्धनको प्रस्ताव आए पनि त्यो टरिसकेको बताएका छन् ।



आज सिन्धुलीमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक प्रचण्डले निर्वाचनमा गठबन्धन गर्ने समय सकिइसकेको बताए । संयोजक प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेबाट गठबन्धनका लागि प्रस्ताव आएको पनि दाबी गरे ।



उनले भने, ‘कांग्रेस विशेष महाधिवेशन अघि र राष्ट्रिय सभा निर्वाचन अगाडि कुरा भएको थियो । यो प्रस्ताव हाम्रो थिएन फेरि, नेपाली कम्युनिष्ट पार्टीको प्रस्ताव थिएन । कांग्रेस र एमालेले केही खास नेताहरूको हकमा हामीले उनीहरूलाई चुनाव जिताउने गरी प्रस्ताव आएको थियो । त्यसमा हामीले सैद्धान्तिक रूपमा अस्वीकार गरेका थिएनौं, स्वीकार पनि गरेका थिएनौं ।’



संयोजक प्रचण्डले राष्ट्रिय सभामै गठबन्धनको प्रयास सफल नभएपछि प्रतिनिधिसभा निर्वाचनमा पनि हुन नसकेको स्पष्ट पारे । उनले थपे, ‘त्यसको सुरुवात राष्ट्रिय सभाको निर्वाचनबाट हुन्छ भनेका थियौं । त्यहाँ केही इमानदारिता देखियो भने केही सिट मिलाउन सकिन्छ भनेका हौं । तर राष्ट्रिय सभाको निर्वाचनमा फेरि कांग्रेस र एमाले सरकार बनाएर फेरि यो देशलाई बरबाद पार्ने बाटोमै हिँड्नु भयो । नेपाली कम्युनिष्ट पार्टीलाई आउट गर्ने बाटोमा हिँड्नु भयो उहाँहरू । उही विध्वंसकै बाटो राज्नु भयो । त्यसैले समीकरण उहाँहरूले नै सिद्ध्याई दिनुभयो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकार नभई नागरिकको सुरक्षाका रूपमा स्थापित गर्ने संकल्प गरेका छन् । ‘स्वास्थ्य दान होइन, सुरक्षा हो’ भन्ने मूल मन्त्रका साथ उनले स्वास्थ्य बिमा कार्यक्रमलाई आमूल सुधार गरी प्रत्येक नेपालीलाई समेट्ने खाका प्रस्तुत गरेका हुन् । उनले स्वास्थ्य बीमालाई नेपालको गौरवको योजनाका रुपमा अघि सार्ने प्रतिवद्धता जनाएका ...
: स्याङजाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोलामा एक दम्पतीमाथि कुटपिट गरी घाइते बनाएर भागेका पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति युवाहरुको कुटपिटबाट पुतलीबजार नगरपालिका–१० सुम्रेखोला निवासी पृथ्वीराज अर्याल र श्रीमती संजीता नेपाल अर्याल घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर सिद्धार्थ राजमार्ग हुँदै ग.२४ प. ५१०१ नम्बरको स्कुटरमा आफ्नो घर सुम्रेखोला जाँदै गर्दा ...
: कैलालीको लम्कीचुहा नगरपालिका–८ मा ट्रकको ठक्करबाट १५ वर्षीय एक किशोरको ज्यान गएको छ । गए राति साढे ११ बजे पूर्व–पश्चिम राजमार्गको गप्का सडक खण्डमा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको हो । nullजिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाले दिएको जानकारी ...
: ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई लुटपाट गरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको भदौरेकै स्थानीय दुई दाजुभाइलाई उक्त घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हातहतियार समेत प्रहरीले ...
: नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक कारणले आसन्न निर्वाचन प्रभावित हुन नहुने बताएका छन् । नुवाकोट–१ मा उम्मेदवार रहेका डा. महतले काठमाडौंमा वित्तीय कर्मचारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नयाँ भन्नेहरुको पुच्छर र शीर कहाँ छ भन्ने नै थाहा नभएको बताएका छन् । पूर्व पार्टी प्रवक्ता समेत रहेका डा. महतले भने, ‘अहिले ...