मुख्य समाचार
एमालेले ओखलढुङ्गामा विपक्षीमाथि आरोप-प्रत्यारोप नगरी आफ्नै एजेण्डा र उम्मेदवारको आधारमा निर्वाचन जित्ने दाबी
एमालेले ओखलढुङ्गामा विपक्षीमाथि आरोप-प्रत्यारोप नगरी आफ्नै एजेण्डा र उम्मेदवारको आधारमा निर्वाचन जित्ने दाबी

: नेकपा एमालेले ओखलढुङ्गामा विपक्षीमाथि आरोप-प्रत्यारोप नगरी आफ्नै एजेण्डा र उम्मेदवारको आधारमा निर्वाचन जित्ने दाबी गरेको छ।



जिल्ला सदरमुकाम ओखलढुङ्गामा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले जेनजी पुस्ताकी युवा, लोकप्रिय र कुनै दाग नलागेकी उम्मेदवार भएकाले पार्टीले सकारात्मक एजेण्डामार्फत जनताको विश्वास जित्ने प्रक्षेपण गरे।



उनले आफू संविधानसभा सदस्य तथा सांसद रहँदा अघि बढाइएका तर अधुरा रहेका विकास आयोजनाहरू अब युवा उम्मेदवार अस्मिता थापाको कार्यकालमा टुंगो लगाइने बताए। ‘समयको माग बुझेर पार्टीले जुझारु र स्वच्छ छवि भएको युवा नेतृत्वलाई उम्मेदवार बनाएको हो,’ सुनुवारले भने, ‘पालिका र वडास्तरमा पुग्दा उम्मेदवार अस्मिता थापाप्रति जनताको अपार समर्थन देखिएको छ।’



टिकट वितरणपछि केही व्यक्तिले पार्टी छाडे पनि त्यसको क्षतिभन्दा धेरै समर्थन आफूहरूले प्राप्त गरिसकेको उनको दाबी छ। ‘पहिले निष्क्रिय रहेका धेरै साथीहरू अहिले पार्टी जिताउन एकजुट भएका छन्, त्यसैले जितमा समस्या छैन,’ उनले भने।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार अस्मिता थापाले कसैलाई आरोप लगाएर वा वाद-विवाद गरेर ओखलढुङ्गाको अपमान नगर्ने स्पष्ट पारिन्। ‘म गाली- गलौज र आरोपको राजनीति गरेर होइन, एजेण्डा र कामको भरोसामा चुनाव लड्न चाहन्छु,’ उनले भनिन्।

युवा पुस्ताको भावना आफूले नजिकबाट बुझेको उल्लेख गर्दै थापाले गाउँमै बसेर भोगेका समस्या र समाधानलाई संसद्मा पुर्‍याउने प्रतिबद्धता जनाइन्। ‘आमा, दिदीबहिनी र युवाका पीडा मैले नजिकबाट देखेकी छु,’ उनले भनिन्, ‘अब ती आवाज विधि निर्माणको थलोमा बोल्नेछु।’

अग्रज नेताहरूले थालेका विकास कार्यलाई पूर्णता दिने र मानवीय पुँजी विकासमा केन्द्रित नयाँ योजनासहित जनतामाझ जाने उनले बताइन्। व्यवसायिक तथा रोजगारमूलक शिक्षा र आधारभूत स्वास्थ्य सेवा आफ्नो मुख्य प्राथमिकता रहने पनि थापाको भनाइ छ।

पत्रकार सम्मेलनमा एमाले जिल्ला संयोजक हर्कबोल राईले ओखलढुङ्गामा ठूलो विद्रोह भएको भन्ने प्रचार भ्रामक भएको दाबी गरे। उनका अनुसार ९ जनाले मात्र पार्टी छाडेका छन्। तीन जना निर्वाचित वडाध्यक्षलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए निर्वाचन आयोगमार्फत पदमुक्त गर्ने प्रक्रिया अघि बढाइने जानकारी पनि दिइयो।

पत्रकार सम्मेलनमा केन्द्रीय सल्लाहकार किशोर अधिकारी, प्रदेश कमिटी सचिवालय सदस्य नानीबाबु बुढाथोकी, मोहन श्रेष्ठ, सिताराम गुरुङ, उत्तम राई लगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकार नभई नागरिकको सुरक्षाका रूपमा स्थापित गर्ने संकल्प गरेका छन् । ‘स्वास्थ्य दान होइन, सुरक्षा हो’ भन्ने मूल मन्त्रका साथ उनले स्वास्थ्य बिमा कार्यक्रमलाई आमूल सुधार गरी प्रत्येक नेपालीलाई समेट्ने खाका प्रस्तुत गरेका हुन् । उनले स्वास्थ्य बीमालाई नेपालको गौरवको योजनाका रुपमा अघि सार्ने प्रतिवद्धता जनाएका ...
: स्याङजाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोलामा एक दम्पतीमाथि कुटपिट गरी घाइते बनाएर भागेका पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति युवाहरुको कुटपिटबाट पुतलीबजार नगरपालिका–१० सुम्रेखोला निवासी पृथ्वीराज अर्याल र श्रीमती संजीता नेपाल अर्याल घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर सिद्धार्थ राजमार्ग हुँदै ग.२४ प. ५१०१ नम्बरको स्कुटरमा आफ्नो घर सुम्रेखोला जाँदै गर्दा ...
: कैलालीको लम्कीचुहा नगरपालिका–८ मा ट्रकको ठक्करबाट १५ वर्षीय एक किशोरको ज्यान गएको छ । गए राति साढे ११ बजे पूर्व–पश्चिम राजमार्गको गप्का सडक खण्डमा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको हो । nullजिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाले दिएको जानकारी ...
: ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई लुटपाट गरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको भदौरेकै स्थानीय दुई दाजुभाइलाई उक्त घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हातहतियार समेत प्रहरीले ...
: नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक कारणले आसन्न निर्वाचन प्रभावित हुन नहुने बताएका छन् । नुवाकोट–१ मा उम्मेदवार रहेका डा. महतले काठमाडौंमा वित्तीय कर्मचारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नयाँ भन्नेहरुको पुच्छर र शीर कहाँ छ भन्ने नै थाहा नभएको बताएका छन् । पूर्व पार्टी प्रवक्ता समेत रहेका डा. महतले भने, ‘अहिले ...