मुख्य समाचार
एमाले सिन्धुपाल्चोकका नेता निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित
एमाले सिन्धुपाल्चोकका नेता निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित

: सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले सिन्धुपाल्चोकका नेता निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएका छन्। केही दिनअघि एमाले परित्यागको घोषणा गरेका शेर्पा शुक्रबार काठमाडौंमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममार्फत औपचारिकरूपमा नेकपामा समाहित भएका हुन्।



नेकपा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय, प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रममा शेर्पालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व सभामुख अग्निप्रसाद सापकोटालगायतका नेताहरूले स्वागत गरेका हुन्।



कार्यक्रममा नेकपाका नेताहरूले शेर्पाको प्रवेशले सिन्धुपाल्चोकमा नेकपाको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे। शेर्पासँगै सिन्धुपाल्चोकका एमालेका ठूलो संख्याका नेता तथा कार्यकर्ताहरू पनि नेकपामा समाहित भएको नेकपा सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुललीले बताए। यसलाई आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा नेकपाको आधार विस्तार र एकताबद्धता सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको उनले जनाए।



कार्यक्रममा प्रतिनिधिसभा सदस्यका लागि सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार माधव सापकोटा ‘सुबोध’, समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, भगवती नेपाललगायत जिल्लाका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। नेता तथा कार्यकर्ताको सहभागिताबीच सम्पन्न कार्यक्रममा वक्ताहरूले पार्टी एकता, जनविश्वास र आगामी निर्वाचनमा विजय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पार्टी प्रवेश गरेका शेर्पाले ‘सामाहित हुने सबै नेता कार्यकर्तालाई पूर्वपार्टीको जिम्मेवारीबाट नघट्ने गरी व्यवस्थापन गरिने’ समझदारी पत्र ग्रहण गर्दै एमालेलाई सिन्धुपाल्चोकमा एउटा वडा पनि नजित्ने बनाउने उद्घोष गरे। ‘हिजोको एमालेलाई असहायको पार्टी भन्थे, आजको एमालेलाई बच्चा मार्ने पार्टी भन्छन्’, उनले भने, ‘त्यस्तो पार्टीमा रहिरहनुको कुनै तुक देखिन।’ उनले आउँदो संघीय निर्वाचनमा नेकपाका उम्मेद्वार माधव सापकोटालाई जिताएरै छाड्ने उद्घोष गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्याङजाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोलामा एक दम्पतीमाथि कुटपिट गरी घाइते बनाएर भागेका पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति युवाहरुको कुटपिटबाट पुतलीबजार नगरपालिका–१० सुम्रेखोला निवासी पृथ्वीराज अर्याल र श्रीमती संजीता नेपाल अर्याल घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर सिद्धार्थ राजमार्ग हुँदै ग.२४ प. ५१०१ नम्बरको स्कुटरमा आफ्नो घर सुम्रेखोला जाँदै गर्दा ...
: कैलालीको लम्कीचुहा नगरपालिका–८ मा ट्रकको ठक्करबाट १५ वर्षीय एक किशोरको ज्यान गएको छ । गए राति साढे ११ बजे पूर्व–पश्चिम राजमार्गको गप्का सडक खण्डमा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको हो । nullजिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाले दिएको जानकारी ...
: ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई लुटपाट गरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको भदौरेकै स्थानीय दुई दाजुभाइलाई उक्त घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हातहतियार समेत प्रहरीले ...
: नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक कारणले आसन्न निर्वाचन प्रभावित हुन नहुने बताएका छन् । नुवाकोट–१ मा उम्मेदवार रहेका डा. महतले काठमाडौंमा वित्तीय कर्मचारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नयाँ भन्नेहरुको पुच्छर र शीर कहाँ छ भन्ने नै थाहा नभएको बताएका छन् । पूर्व पार्टी प्रवक्ता समेत रहेका डा. महतले भने, ‘अहिले ...
: आउँदो फगुनमा २१ मा हुने निर्वाचनका लागि उमेदवारहरुलाई भ्याईनभ्याई भएको छ । निर्वाचन परिणामलाई आफ्नो पोल्टामा पार्न डडेल्धुरामा पनि दल र उम्मेदवार लागिपरेका छन । मतदातालाई रिझाउने क्रममा उम्मेदवारहरुले विभिन्न बाचा गर्नुका साथै विगतमा गरेका कामहरु तथा क्रियाकलापलाई सम्झाई रहेका पनि छन् । यसैक्रममा नेपाली कांगे्रसका तर्फबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रिय सदस्य तथा शिक्षा विभाग ...