मुख्य समाचार
जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

: जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार साँझ करिब साढे ६ बजे वनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।



मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका वडा नं ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ का ४० वर्षीया पुष्पा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपककुमार रायले जानकारी दिए।



बसमा सवार अन्य ४५ जना घाइते भएको उनले बताए। घाइतेहरूलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिँदैछ। बस सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिमा ...
। देशका विभिन्न तीन जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र बाँकेबाट लागूऔषधसहित ५ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ७५ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनाका घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले छठ मनाउन घर फर्किंदै गरेका नागरिकहरूले दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका छन्। ...
। देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७ कञ्चनबजारबाट ...
। जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब साढे ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरले स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक युवकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार पिडारी चोकबाट रत्नसागर तर्फ जाँदै ...