मुख्य समाचार
हरेक वर्ष बारीमा मकै रोप्नुअघि गरिने मकै विवाह धार्चे गाउँपालिकाको लाप्राकमा सम्पन्न
हरेक वर्ष बारीमा मकै रोप्नुअघि गरिने मकै विवाह धार्चे गाउँपालिकाको लाप्राकमा सम्पन्न

: हरेक वर्ष बारीमा मकै रोप्नुअघि गरिने मकै विवाह धार्चे गाउँपालिकाको लाप्राकमा शुक्रबार सम्पन्न भएको छ। मुख्य बालीका रुपमा मकै खेती गरिने धार्चेका विभिन्न गाउँहरुमा परम्परागत रूपमा गरिने मकै विवाह लाप्राकमा शुक्रबार सम्पन्न भएको त्यहाँका मार्सिङ गुरुङले जानकारी दिए।



बिहीबार दिउँसो ४ बजेतिर गाडिएको मकैको बिउ शुक्रबार बिहान ८ बजेतिर बाजागाजासहित निकालेपछि मकै बिहे सुरु गरिएको गुरुङले बताए। बाजागाजा, नाचगानसहित घाँटु कन्या र कुमारलाई डोलीमा बोकेर दिनभर गाउँ र आसपासको बारी परिक्रमा गरेपछि जन्ती पुनः गाउँमा पुगेर भुटेको मकैको भोजभतेर खाने प्रचलन रहेको स्थानीय मार्सिङ गुरुङले जानकारी दिए।



गोरखाको धार्चे गाउँपालिका सबै गाउँमा मकै बिहे पिता पुर्खादेखि चल्दै आएको चलन हो। माघ पूर्णिमापछि धामी, जैसीले लगन, साइत जुराएर मकै बिहे गर्ने गरिन्छ। मकै बिहे नगरी बारीमा रोप्नु हुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यता रहेको स्थानीयको भनाइ छ। ‘मकैको बिहे गरेपछि बल्ल बारीमा रोप्न सुरु हुन्छ’, गुरुङले भने।



उनका अनुसार शुक्रबार लाप्राकका गाउँले सबै उर्लिएर धुमधामका साथ मकैबिहे गरेका छन्। गाउँले सबै मकैको जन्ती गए, नाचगान गरे, मकैको भोज भतेर खाएर रमाए। लाप्राकलगायत गुरुङ, घले समुदायको बसोबास रहेको उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ।
लाप्राकमा शुक्रबार मकै बिहे गरे पनि कतिपय गाउँमा गरिसकेका छन् भने कतिपयमा लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन्।
बोन धर्मावलम्बी प्रकृति पूजक यहाँका किसानहरु मकैको उब्जनी राम्रो होओस्, असिना पानीले बाली नष्ट नगरोस्, गाउँमा रोग नफैलियोस् भन्ने कामनासहित मकैको बिहे गर्ने गर्छन्।

जैसीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन बिहीबार मकैको घोगा जमिनमा गाड्ने र त्यसबेलादेखि गाउँमा बाजागाजा बजाउन नहुने चलन छ। ‘आज बिहान ८ बजे मकैको बिउ माटोबाट निकालेपछि बाजा खुल्यो अनि नाचगान गर्दै जन्ती निस्कियो’, संस्कृति, परम्पराका जानकार गुरुङले भने, ‘गाउँभन्दा केही पर जंगलमा छाप्रो बनाएर घाटु कन्यालाई लुकाएर राखिन्छ। अनि जन्ती त्यहाँ पुगेर कन्या र कुमारलाई डोलीमा बोक्दै ढ्याङ्ग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित नाचगान गर्दै गाउँमा फर्किन्छौँ।’

जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ। त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ। यही मकैलाई अरू बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङको भनाइ छ।
बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाँचसँगै मकै बिहे समापन हुने गुरुङ बताउँछन्।
‘यो एउटा प्राकृतिक पूजा हो, बर्सेनि माघ १५ गतेदेखि फागुन १५ गतेसम्ममा लगन जुराएर मकै बिहे गर्ने चलन छ’, गुरुङले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...