: स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरि जथाभावी खर्च गर्दा स्वास्थ्य बीमा बोर्डमा समस्या देखिएको बताएकी छन्। शुक्रबार ललितपुरमा आयोजित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गौतमले स्रोत सहमति पनि नलिइ र स्रोत सुनिश्चित नगरि रकमहरू खर्च गरेका कारण स्वास्थ्य बीमा बोर्डको आर्थिक दायित्व बढेको बताएकी हुन्।
वार्षिक बजेटको परिधि भित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन् । उनले चालू आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमालाई १० अर्ब रुपैयाँ छुट्टाएको जानकारी दिइन् । मन्त्री गौतमले मितव्ययी र स्रोतको सहि सदूपयोग गर्नुपर्ने धारणा राखेन्।
त्यस्तै उनले अनियन्त्रितरूपमा पूर्व जानकारी नदिइ सेवा विस्तार गर्दै जाने र पैसा माग्ने कुरा उचित नभएको उल्लेख गरिन्।