मुख्य समाचार
निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको छ
निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको छ

: निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको छ। आयोगले सूचना जारी गरेर बिहीबार बिहानसम्म ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको हो।



आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाई तथा प्याकिङ सम्पन्न भइसकेको छ।



आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि १० लाख ९८ हजार दुई सय नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरूमा पठाई सकिएको जनाएको छ।



दुई करोड ८ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु समेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

त्यसैगरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका लागि आवश्यक पर्ने दुई करोड तीन लाख २३ हजार छपाई गर्नुपर्नेमा आज बिहान ८ बजेसम्म विभिन्न क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाई भई पाँच हजार आठ सय २५ बाकस प्याकिङ भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका हुन् । उनले बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै ...
: मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले शुक्रबार काठमाडौंको दक्षिणकाली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको साइबर ...
: जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार साँझ करिब साढे ६ बजे वनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ...
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
: हरेक वर्ष बारीमा मकै रोप्नुअघि गरिने मकै विवाह धार्चे गाउँपालिकाको लाप्राकमा शुक्रबार सम्पन्न भएको छ। मुख्य बालीका रुपमा मकै खेती गरिने धार्चेका विभिन्न गाउँहरुमा परम्परागत रूपमा गरिने मकै विवाह लाप्राकमा शुक्रबार सम्पन्न भएको त्यहाँका मार्सिङ गुरुङले जानकारी दिए। बिहीबार दिउँसो ४ बजेतिर गाडिएको मकैको बिउ शुक्रबार बिहान ८ बजेतिर बाजागाजासहित निकालेपछि मकै बिहे सुरु गरिएको ...