: स्रोत नखुलेको साढे २१ लाख नगदसहित एकजना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका-३ अधिकारी टोलबाट स्रोत नखुलेको नगद २१ लाख ७६ हजार रुपैयाँसहित सोही महानगरपालिका-२ मोहरिया टोल बस्ने ३४ वर्षीय तम्रुम पाललाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ग.९ प ८३०७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।