मुख्य समाचार
निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने
निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने

: निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर आयोगले निर्वाचन प्रचार प्रसारका लागि खोलेको खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको बताएको छ।



आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको विषयमा आयोगले निर्देशिका नै जारी गरिसकेको बताए। उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भन्दै उनले स्वेच्छाले हुने सहयोगलाई कानुनले गैरकानुनी नमान्ने बताए। चुनावका नाममा नियतबस आर्थिक दुरुपयोग भएको देखिए कानुन बमोजिम त्यसको पछि समाधान हुने उनले बताए।



प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामाग्रीहरू जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिए। उनले फागुन ४ गतेदेखि प्रचार-प्रसार सुरु हुने भन्दै मतदातालाई कुनै खालको दबाब भए-नभएको आयोगले हेर्ने बताए। सरकारका सुरक्षा निकायहरूले सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएकाले सुरक्षामा केही समस्या आउँछ भन्ने महसुस आयोगले नगरेको उनले बताए।



उनले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्याकिङ भएर मौज्दात राखिएको अवस्थामा रहेको बताए। प्रत्यक्षतर्फको मतपत्र छपाइको कामले गति लिइरहेको र अहिलेसम्म करिब ८४ लाख ४० हजारभन्दा बढी मतपत्र छपाइ भइसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका हुन् । उनले बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै ...
: मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले शुक्रबार काठमाडौंको दक्षिणकाली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको साइबर ...
: जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार साँझ करिब साढे ६ बजे वनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ...
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
: हरेक वर्ष बारीमा मकै रोप्नुअघि गरिने मकै विवाह धार्चे गाउँपालिकाको लाप्राकमा शुक्रबार सम्पन्न भएको छ। मुख्य बालीका रुपमा मकै खेती गरिने धार्चेका विभिन्न गाउँहरुमा परम्परागत रूपमा गरिने मकै विवाह लाप्राकमा शुक्रबार सम्पन्न भएको त्यहाँका मार्सिङ गुरुङले जानकारी दिए। बिहीबार दिउँसो ४ बजेतिर गाडिएको मकैको बिउ शुक्रबार बिहान ८ बजेतिर बाजागाजासहित निकालेपछि मकै बिहे सुरु गरिएको ...