मुख्य समाचार
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव सापकोटाले पछिल्लो समय राजनीति वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवार उस्तै हुन्’ भन्ने भाष्य गलत भएको बताए
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव सापकोटाले पछिल्लो समय राजनीति वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवार उस्तै हुन्’ भन्ने भाष्य गलत भएको बताए

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव सापकोटाले पछिल्लो समय राजनीति वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवार उस्तै हुन्’ भन्ने भाष्य गलत भएको बताएका छन् ।



काठमाडौंमा शुक्रबार आयोजित चुनाव प्रचारप्रसार कार्यक्रममा बोल्दै नेता सापकोटाले सामाजिक सञ्चालहरुमार्फत यस्ता भ्रम चिर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले दलहरुलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने समेत बताए। नयाँ शक्ति भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नेता सापकोटाले भने, ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू हामी होइनौं ।’



नेता सापकोटाले नयाँ दलका उम्मेदवारहरुलाई कुन सरकारी कार्यालय कहाँ छन् भन्ने आधारभूत जानकारी समेत नभएको भन्दै व्यङय समेत गरे । सबै उस्तै हुन भन्ने गरी सिर्जना गरिएको भाष्य उहिले रेडियोमा बज्ने ‘हात्ती छाप चप्पल र छात्ती कुन बलियो ?’ भन्ने विज्ञापन जस्तै भएको टिप्पणी गरे। पार्टीका तर्फबाट विगतमा भएका गल्ती–कमजोरीहरु स्वीकार्दै नेता सापकोटाले आत्मालोचनाका लागि आफ्नो पार्टी तयार रहेको बताए। उनले हरेक दिन एउटा पोस्ट लेखेर विरोधी भाष्यको खण्डन गर्न समेत कार्यकर्ताहरुलाई आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका हुन् । उनले बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै ...
: मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले शुक्रबार काठमाडौंको दक्षिणकाली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको साइबर ...
: जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार साँझ करिब साढे ६ बजे वनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ...
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
: हरेक वर्ष बारीमा मकै रोप्नुअघि गरिने मकै विवाह धार्चे गाउँपालिकाको लाप्राकमा शुक्रबार सम्पन्न भएको छ। मुख्य बालीका रुपमा मकै खेती गरिने धार्चेका विभिन्न गाउँहरुमा परम्परागत रूपमा गरिने मकै विवाह लाप्राकमा शुक्रबार सम्पन्न भएको त्यहाँका मार्सिङ गुरुङले जानकारी दिए। बिहीबार दिउँसो ४ बजेतिर गाडिएको मकैको बिउ शुक्रबार बिहान ८ बजेतिर बाजागाजासहित निकालेपछि मकै बिहे सुरु गरिएको ...