मुख्य समाचार
प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन
प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन

। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिएका छन् । इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको शुभारम्भ गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरीले दिने सेवाको प्रकृतिमा पनि क्रमशः परिवर्तन हुँदै गएको उल्लेख गरे ।

‘अब प्रहरी कारबाहीमुखी मात्र नभई सेवा र सहयोगमुखी संस्थाका रूपमा अघि बढिरहेको छ’, उनले भने ‘पीडितको मनोविज्ञान बुझेर संवेदनशीलता र मानवताका आधारमा सेवा प्रवाह गर्न यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

बेलायत सरकारको सहयोगमा सञ्चालित एसजेपी कार्यक्रमअन्तर्गत युनोप्सद्वारा निर्माण गरिएको उक्त भवन महिलासहित बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवालाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको हो ।

सेवाग्राहीले प्राप्त गर्ने सेवाबारे स्पष्ट पार्दै उनले भने, ‘यस केन्द्रमार्फत सेवाग्राहीले परामर्श, उजुरी दर्ता, अस्थायी आश्रय तथा आवश्यक कानुनी प्रक्रियासम्बन्धी सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्, प्रहरीले पीडितको गोपनीयता, सम्मान र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सेवा दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय प्रविन किसन छन् । उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट स्रोत नखुलेको साढे १८ लाख बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । उनलाई आन्तरिक राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइएको छ ।
। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन् । उनले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य ...
। बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । बारबर्दिया नगरपालिका-११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटना स्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताए । गत ७ माघमा ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइने बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने ...
। नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन् । पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् । ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् ...