मुख्य समाचार
नेपालका परम्परागत तथा मौलिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको
नेपालका परम्परागत तथा मौलिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको

। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अनिलकुमार सिन्हाले नेपालका परम्परागत तथा मौलिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)सम्बन्धी विधेयकको छलफलमा मन्त्री सिन्हाले नेपालमा चलिआएका साँस्कृतिक सम्पदा, कला, संस्कृति लगायतको संरक्षण र अघिल्लो पुस्तालाई हस्तान्तरण गर्नको लागि यो विधेयक ल्याइएको जानकारी दिए ।

विधेयकले नेपालमा बसोवास गर्ने नेपाली समुदायले आफ्नो सांस्कृतिक सम्पदाको अभिन्न अङ्गका रूपमा स्वीकार गरी परम्परागत रूपमा अभ्यास र पुस्तान्तरण गर्दै आएका अभ्यासहरूलाई समेट्ने पनि बताए ।

‘नाम हेर्दाखेरी अलिकति अभौतिक सांस्कृतिक सम्पदा भनेका छौं । यसलाई अर्मुत भन्ने वा अभौतिक भन्ने छलफलको विषय हुनसक्छन् । यसमा नेपालमा बसोवास गर्ने नेपाली समुदायले आफ्नो साँस्कृतिक सम्पदाको अभिन्न अंगको रुपमा स्वीकार गरि प्रचलित कानूनको विपरीत नहुनेगरी परम्परागत रुपमा अभ्यास र पुस्तान्तरण गर्दै आएको कुरा यसमा समावेश गरिएको छ,’ उनले भने ।



उनका अनुसार विधेयकले पुस्तौंदेखि बोलिँदै र सुनिँदै आएका परम्परागत ज्ञान, अभिनय तथा मञ्चन कला, सामाजिक अभ्यास, प्राकृतिक स्रोतको उपयोगमार्फत गरिने उपचार पद्धति, ज्योतिष तथा खगोल विज्ञान, पर्यावरणीय ज्ञानलगायत विविध प्रकारका परम्परागत ज्ञान र सीपलाई समावेश गर्ने लक्ष्य राखेको छ ।

‘पुस्तौदेखी बोल्दै, सुन्दै आएको कुरालाई पनि लिइएको छ । अभिनय या मञ्चन कलालाई पनि समेट्न खोजिएको छ । सामाजिक अभ्यास, प्राकृतिक स्रोतको उपयोग गरी उपचार पद्धति, ज्योतिश विज्ञान, खगोल विज्ञान, पर्यावरणीय ज्ञान र यस्तै प्रकृतिका ज्ञानलाई पनि यसले समावेश गर्न खोजेको छ । कलात्मक सामाग्रीहरुको उत्पादन र प्रयोगलाई पनि समावेश गरिएको छ,’ उनले भने ।

साथै, कलात्मक सामग्रीहरूको उत्पादन र प्रयोगसमेत यस विधेयकको दायराभित्र राखिएको उहाँले जानकारी दिए ।

सम्पदाको निर्वाध अभ्यास र अभिव्यक्ति गर्ने अधिकार, सांस्कृतिक अभ्यासका लागि प्रयोग हुने स्थान, वस्तु र संरचनाको संरक्षण, सम्पदाको गोपनीयता कायम गर्ने व्यवस्था, अभिलेखीकरण, व्यवसायिक उपयोगको स्वतन्त्रता तथा अध्ययन, अनुसन्धान, अनुवाद, सम्पादन र पुस्तान्तरण गर्ने अधिकार विधेयकमा समावेश गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय प्रविन किसन छन् । उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट स्रोत नखुलेको साढे १८ लाख बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । उनलाई आन्तरिक राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइएको छ ।
। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन् । उनले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य ...
। बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । बारबर्दिया नगरपालिका-११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटना स्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताए । गत ७ माघमा ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइने बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने ...
। नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन् । पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् । ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् ...