मुख्य समाचार
नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको
नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको

। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन् ।

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औं वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन् । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको गृहमन्त्री अर्यालको भनाइ छ ।




‘नेपाल टेलिकम एक केवल दूरसञ्चार कम्पनी मात्रै होइन, यो राज्यको डिजिटल मेरुदण्ड हो । दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्‍याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ । प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थामा नेपाल टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको छ,’ उनले भने ।

हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभुत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उनले बताए ।



नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको भन्दै उहाँले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उल्लेख उनले गरे ।

‘समाजको विकासको लागि दूरसञ्चार सेवा अत्यन्त आवश्यक भएको पृष्ठभुमीमा नवीनतम् प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएकोले कम्पनीले यसमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । सन्तुष्ट ग्राहक नै कम्पनीको दीगो विकास र स्थायित्वको आधार स्तम्भ हुन भन्ने विषयलाई आत्मसाथ गर्दै कम्पनीले आगामी दिनमा समेत नयाँ नयाँ प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रवाह गरी ग्राहक सन्तुष्टीलाई केन्द्रमा राखी सेवा प्रवाह गर्नेछ भन्नेमा विश्वस्त रहेको छु,’ गृहमन्त्री अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा ठूलो लगानी गर्न आवश्यक स्रोत जुटाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने उद्देश्यले सोमबार स्वेच्छिक अवकाशको प्रस्ताव ल्याएको हो । माइक्रोसफ्टले क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका कर्मचारीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ...
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...