मुख्य समाचार
पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइँदै
पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइँदै

। जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई अभियानमार्फत खोप सञ्चालन गर्न लागिएको हो ।

यही माघ २७ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएकाले खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले किशोरीहरूलाई आग्रह गरे । उनका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाइने छ ।




यस अवधिमा गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने उहाँले जानकारी दिनुभयो । जिल्लामा खोप अभियान एकै चरणमा सञ्चालन गरिने जनाइएको छ । अभियानका लागि १२७ स्वास्थ्यकर्मी र १२७ स्वंसेवक परिचालन गरिने कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।

महिलाको शारिरीक तथा प्रजनन स्वास्थ्यसँग जोडिएको एचपीभी खोप लगाउने अभियानलाई सफल बनाउन सबैको सहयोग र समन्वय आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताए । पाठेघरको मुखमा हुने क्यान्सरजस्तो प्राणघातक रोगप्रति सबै सचेत र सजग हुनुपर्ने बताउँदै उहाँले कोही पनि खोप लागउन छुट्न नहुने धारणा राखे । उनले अभियानमा छुटेकालाई थप एक साताको समय दिएर समावेश गरिने जानकारी दिए ।



जिल्ला खोप समन्वय समितिका संयोजक विष्णुराम विकले खोप अभियान सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस् भनेर प्रचारप्रसारलाई तीव्र बनाइएको बताए । उनले खोप पूर्ण रूपमा सुरक्षित रहेकाले यसप्रति नकारात्मक धारणा नबनाउन सबैलाई आग्रह गरे ।

योसँगै जिल्लाका सात वटै पालिका र वडास्तरमा पनि खोप अभियान सञ्चालनको तयारी भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । जिल्लामा गत वर्ष चार हजार ७४९ जनालाई एचपिभी खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम