मुख्य समाचार
ग्रीसमा तट–रक्षक जहाज र आप्रवासी बोकेको डुंगा एजियन सागरमा ठोक्किदा १५ जनाको मृत्यु
ग्रीसमा तट–रक्षक जहाज र आप्रवासी बोकेको डुंगा एजियन सागरमा ठोक्किदा १५ जनाको मृत्यु

ग्रीसमा तट–रक्षक जहाज र आप्रवासी बोकेको डुंगा एजियन सागरमा ठोक्किदा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार जनाएका छन् ।

टर्की नजिकैको चियोस टापुमा “नेभिगेसन लाइटहरू बिना र विदेशी यात्रुहरू बोकेको उच्च गतिको डुंगाको पाइलटले तटरक्षकको दृश्य र श्रव्य सङ्केतहरू प्राप्तिमा समस्या भए पछि दुर्घटना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


तीन जना महिलासहित १४ जनाको शव समुद्रबाट निकालिएको र एक जना महिलाई जिवितै उद्धार गरेता पनि हाल उनको मृत्यु भइसकेको जनाइएको छ उद्धार गरिएका मध्ये ११ जना बालबालिका रहेको जनाइएको छ ।

पाँचवटा डुंगा र एउटा हेलिकप्टरमा आएका उद्धारकर्ताहरूले जिवित पीडितहरूका लागि बुधबार समुद्रमा खोजी गरिरहेको र आप्रवासी डुंगामा सवार व्यक्तिहरूको संख्या अज्ञात रहेको अधिकारीहरूले बताएका छन् ।



संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले नोभेम्बरमा सन् २०२५ मा भूमध्यसागर र पश्चिम अफ्रिकाको तटमा एट्लान्टिकबाट युरोप जाने मार्गमा एक हजार ७०० भन्दा बढी मानिस बेपत्ता भएको जनाएको थियो ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले सन् २०१४ देखि हाल सम्म भूमध्यसागरमा करिब ३३ हजार आप्रवासी बेपत्ता भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच लामो र विस्तृत टेलिफोन वार्ता भएको छ, जसलाई ट्रम्पले सकारात्मक मानेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार चीनले यस सिजनमा २० मिलियन टन र अर्को सिजनमा २५ मिलियन टन सोयाबिन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यो सम्झौता अमेरिकी किसानहरूका लागि ठूलो राहत मानिएको छ। चीनले अमेरिकाबाट ...
युट्युबमा भेटिएको तौल घटाउने टिप्सलाई विश्वास गर्दा एक किशोरीको ज्यान गएको छ । घटना भारतको हो । भारतीय मिडियामा आएको खबरअनुसार तमिलनाडुकी १९ वर्षीया किशोरीले बोरेक्स पाउडर सेवन गर्दा ज्यान गुमाएकी हुन् । ज्यान गुमाउने किशोरी तामिलनाडुको सेलुर मीनाम्बलपुरम निवासी कलैयारसी हुन् । उनका बुबाआमाले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका थिए । कलैयारसी एक ...
जेफ्री एपस्टाइनको मुद्दाको नयाँ खुलासामा तिब्बती आध्यात्मिक नेता दलाई लामाको नाम १६९ पटक उल्लेख भएको पाइएको छ
। चीनले विद्युतीय सवारीसाधन (ईभी) मा लोकप्रिय मानिने ‘लुकेका ढोकाका ह्यान्डल’ प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो निर्णयसँगै चीन यस्तो कदम चाल्ने विश्वकै पहिलो प्रमुख अटोमोबाइल बजार बनेको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको नयाँ नियमअनुसार, अबदेखि गाडीको ‘टेलगेट’ (डिक्की) बाहेक सबै ढोकाहरूमा अनिवार्य रूपमा मेकानिकल (यान्त्रिक) रिलिज सिस्टम हुनुपर्नेछ । पछिल्ला ...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो महत्वाकांक्षी मार्स स्याम्पल रिटर्न (एमएसआर) कार्यक्रम रद्द गरेको छ। यससँगै मंगल ग्रहमा जीवनका सबूत खोज्ने नासाको दीर्घकालीन योजना ठप्प भएको छ । मंगल ग्रहमा सङ्कलन गरिएका नमूनाहरू पृथ्वीमा ल्याउने प्रक्रिया बजेट अभावका कारण अघि बढ्न नसकेको नासाले जनाएको छ। यस निर्णयले नासाको पर्सेभरन्स रोभर ले सङ्कलन गरेका ती महत्वपूर्ण नमूनाहरूको भविष्य ...