मुख्य समाचार
बदलिएको कांग्रेस २.० हो, यसले देशलाई बदल्छ
बदलिएको कांग्रेस २.० हो, यसले देशलाई बदल्छ

। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आफूहरू युवासँगै अघि बढ्न चाहेको पनि बताएका छन् ।


‘नेपाली कांग्रेस बदलेर आएका छौं, यसले देशलाई बदल्छ । यो नयाँ नेपाली कांग्रेस हो, यो कांग्रेस २.० हो, जसले पूराना कांग्रेसको सबै असल कुराहरूलाई लिएको छ । खराब कुरालाई छाडेको छ,’ सभापति थापाले भनेका छन् ।

ऋाफ्नो पार्टी एउटा एजेन्सी भएको र यही एजेन्सीलाई प्रयोग गरेर देश बदल्ने सपना साकार पार्न चाहेको पनि उनले भिडियोमा भनेका छन् ।



‘म तपाईंहरूसँग काम गर्न चाहन्छु, हिंड्न चाहन्छु । बदलिएको नेपाली कांग्रेस एउटा एजेन्सी हो,’ गगनले भनेका छन्, ‘यो एजेन्सीलाई प्रयोग गरेर नेपाल बदल्ने तपाईं–मेरो सपनालाई साकार पार्न चाहन्छौं ।’

द्येशलाई सम्हाल्नुपर्ने अवस्था रहेको भन्दै उनले थप ध्वंशमा पर्न नदिने पनि बताएका छन् ।

‘यसका लागि बदलिएको नेपाली कांग्रेस, बदल्छौं देश भन्ने विश्वासका साथ हामी तपाईंहरूको माझ आएका छौं । यो देशलाई आज सम्हाल्नपर्ने पनि छ,’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘हामी नेपाललाई सम्हाल्छौं पनि । हामी देशलाई थप ध्वंशमा पर्न दिंदैनौं ।’

आफूहरू कुनै उत्तेजना र घृणाको राजनीति नगर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्ने गगनको भनाइ छ ।

‘हामी कुनै उत्तेजनाको राजनीति गर्दैनौं, हामी कुनै घृणाको राजनीति गर्दैनौं । हामी सबैलाई मिलाएर लिएर जान्छौं । हामी मिलाउने मात्र होइन, नेपालको व्यवस्थालाई बदल्छौं पनि,’ सभापति थापाले भनेका छन्, ‘सुधार्छौं पनि । नेपालमा शासन गर्ने हाम्रो मति र गतिलाई पनि बदल्छौं भनेर आएका छौं ।’

उनले युवाहरूलाई पार्टनरको रुपमा लिन पनि आग्रह गरेका छन् ।

‘युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन, पार्टनर हुन् । सँगै हिंड्ने हो,’ थापाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले सरकारबाट निर्णय नहुन्जेल स्थानीय तहको केन्द्र परिवर्तनको विषयमा न्यायिक हस्तक्षेप हुन नसक्ने फैसला गरेको छ । गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र परिवर्तनसम्बन्धी सिफारिसको विवादमा सर्वोच्च अदालतले सरकारबाट निर्णय नहुन्जेल त्यो विषयमा हस्तक्षेप नगर्ने निर्णय सुनाएको हो । स्थानीय तह गठन भएपछि गुल्मीको इस्मा गाँउपालिकाको रजस्थल गाविस भवन केन्द्र तोकिएको थियो । पछि गाँउ सभाले १७ ...
। ११ करोड रुपैयाँको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति नदीको उत्खनन तथा विकास निर्माणककार्य सुरु भएको छ । मधेस प्रदेश सरकारको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्रालयको सहयोगमा सो नदीको उत्खनन तथा विकास निर्माण कार्य सुरु भएको हो । मन्त्रालयका निमित्त सचिव रामकुमार खंगले सो नदीको पहिलो चरणमा धनुषाको महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म २९ किलोमिटर नदी ...
। अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को नाम परिवर्तन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विधायन व्यवस्थापनसँग समय माग गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकको नाममा सहमति जुट्न नसक्दा मन्त्रालयले समय मागेको हो । सांसदहरूले विधेयकको शिर्षकमा ‘अभौतिक’ को ठाउँमा अमूर्त लेख्नुपर्ने माग राखेका छन् । नेपाली भाषा, संस्कृतिको महत्व अतुलनीय रहेकाले ...
पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन
। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्नसक्ने चिन्ता व्यक्त गरेका छन् । निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरुले पहल गर्ने प्रतिवद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनल यस्तो बताएका हुन् । प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने ...