मुख्य समाचार
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो महत्वाकांक्षी मार्स स्याम्पल रिटर्न (एमएसआर) कार्यक्रम रद्द गरेको छ
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो महत्वाकांक्षी मार्स स्याम्पल रिटर्न (एमएसआर) कार्यक्रम रद्द गरेको छ

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो महत्वाकांक्षी मार्स स्याम्पल रिटर्न (एमएसआर) कार्यक्रम रद्द गरेको छ। यससँगै मंगल ग्रहमा जीवनका सबूत खोज्ने नासाको दीर्घकालीन योजना ठप्प भएको छ । मंगल ग्रहमा सङ्कलन गरिएका नमूनाहरू पृथ्वीमा ल्याउने प्रक्रिया बजेट अभावका कारण अघि बढ्न नसकेको नासाले जनाएको छ।

यस निर्णयले नासाको पर्सेभरन्स रोभर ले सङ्कलन गरेका ती महत्वपूर्ण नमूनाहरूको भविष्य अनिश्चित बनाएको छ, जसमा वैज्ञानिकहरूले सम्भावित एलियन जीवनका संकेत हुन सक्ने आशा गरेका थिए । तत्काल ती नमूनाहरूको विस्तृत अध्ययन असम्भव देखिएको छ ।




लाइभ साइन्स का अनुसार अमेरिकी सिनेटले हालै पारित गरेको नयाँ खर्च विधेयकले यस परियोजनामा निर्णायक असर पारेको हो। पर्सेभरन्सले सङ्कलन गरेका ३० वटा भूवैज्ञानिक नमूनाहरू लामो समयसम्म पृथ्वीमा ल्याइने सम्भावना कम देखिएको छ ।

हालको आँकलनअनुसार ती नमूनाहरू सन् २०४० भन्दा अगाडि पृथ्वीमा आइपुग्ने सम्भावना छैन। ती नमूनामध्ये एकलाई मंगल ग्रहमा अहिलेसम्म भेटिएको जीवनको सबैभन्दा बलियो संकेत मानिएको थियो ।



यो अभियानबाट नासा पछि हटेपछि मंगल ग्रहमा जीवन खोज्ने अन्तर्राष्ट्रिय प्रयासमा अब चीन मात्रै अग्रपंक्तिमा उभिएको देखिन्छ । यदि मंगल ग्रहबाट नमूना फिर्ता ल्याउने योजनाबाट अमेरिका पछि हट्नेमा चीन त्यस क्षेत्रमा एक्लो कर्ता हुनेछ ।

यद्यपि कार्यक्रम रद्द भए तापनि नासाले मार्स स्याम्पल रिटर्नको अवधारणालाई पूर्ण रूपमा त्यागेको भने छैन। नासाले नमूना फिर्ता ल्याउन दुई फरक रणनीतिमा काम गर्ने बताएको छ। तीमध्ये एउटामा पहिले नै सफल भइसकेको ल्यान्डिङ प्रविधि प्रयोग गरिनेछ। जसमा रकेटद्वारा सञ्चालन हुने स्काई क्रेन प्रणाली समावेश छ। यस योजनाको अनुमानित लागत ६.६ अर्बदेखि ७.७ अर्ब अमेरिकी डलर को बीचमा रहनेछ ।

नासाले यसबारे यस वर्ष सन् २०२६ मा अन्तिम निर्णय लिने तयारी गरेको थियो । द प्लानेटरी सोसाइटी का अनुसार यस वर्ष यस क्षेत्रमा थोरै भएपनि बजेट विनियोजन गरेकोले नासाको यो कार्यक्रम पूर्ण रूपमा अन्त्य भने हुनेछैन। तथापि समग्रमा अमेरिकाले मंगल ग्रहमा जीवन खोज्ने अभियानप्रति क्रमशः चासो घटाउँदै गएको देखिन्छ।

उता चीनले भने आफ्नो तियानवेन-३ स्याम्पल रिटर्न मिसनलाई मंगल ग्रह अनुसन्धानका लागि निर्णायक बनाउने चरणमा छ। यो मिसन २०२८ मा प्रक्षेपण गर्ने र २०३१ मा मंगल ग्रहका चट्टानका नमूनाहरू पृथ्वीमा ल्याउने लक्ष्यसहित चीन अगाडि बढेको छ। त्यसैले मंगलबाट नमूना पृथ्वीमा ल्याउने दौड एक्लै जित्ने अवस्थामा चीन पुग्न लागेको छ। यस्तो सफलताले मंगल ग्रहको अभियानमा चीनले अमेरिकालाई पछि पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम