मुख्य समाचार
भेरी कोरिडोर भित्र रहेको विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोडनका लागि ४०० केभी प्रसारण लाइन निर्माण
भेरी कोरिडोर भित्र रहेको विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोडनका लागि ४०० केभी प्रसारण लाइन निर्माण

। भेरी कोरिडोर भित्र रहेको विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोडनका लागि ४०० केभी प्रसारण लाइन निर्माण गर्न प्रक्रियागत काम सुरु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ मैनतडा र जाजरकोट नलगाड नगरपालिका–७ दानी पिपलमा प्रसारण लाइन निर्माण हुने भएको हो ।

करिब ७५ किलोमिटर लम्बाइ रहेको प्रसारण लाइन निर्माण गर्नका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ । १३२ केभी प्रसारण लाइननमा विद्युत् जोडनका लागि यो काम सुरु भएको राष्ट्रिय प्रसारण ग्रिट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले बताए । हाल मैनतडा र दानी पिपलमा जग्गा अधिग्रहणको काम पुरा भइकेको छ ।




कोहलपुर –सुर्खेत १३२ केभी प्रसारण लाइन मैनतडा स्थित ४०० केभी लाइनबाट विद्युत् जोडिने लक्ष्य रहेको कम्पनीका अधिकृत श्रेष्ठले जानकारी दिए । ८ अर्बमा प्रसारण लाइन निर्माण हुने छ । त्यस्तै ६ अर्ब रुपैयाँमा दानी पिपल र मैनतडामा सव स्टेसन निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

तत्कालीन उर्जामन्त्री शक्तिबहादुर बस्नेतकै पालामा जग्गा अधिग्रहणको काम पुरा भइसकेको थियो । त्यस्तै नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको डिपिआर समेत पुरा भइसकेको थियो । त्यस्तै बस्नेतकै पालामा जगदुल्ला जलविद्युत आयोजनाको प्रक्रियागत ९० प्रतिशत काम पुरा भएको थियो ।



हाल उक्त आयोजना निर्माण चरणमा गएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । ग्रिड कम्पनीका सिइओ श्रेष्ठका अनुसार बजेट व्यवस्थापन गर्नका लागि अर्थ मन्त्रालयसँग सहमति माग्ने प्रक्रिया चलिरहेको छ । आयोजना निर्माण गर्नका लागि कुन मोडलमा जाने भन्ने विषयमा समेत छलफल जारी रहेको छ । जुन मोडलमा काम गर्न सहज र छिटो हुन्छ त्यही मोडलमा जानका लागि प्रक्रियागत रूपमा अगाडी बढाएको छ । जाजरकोट मात्र नभई कर्णालीकै भविष्यसँग जोडिएको यो आयोजना निर्माण गर्नका लागि अर्थ मन्त्रालयले सहमति दिन साथ काम सुरु हुने उनले जानकारी दिए ।

कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । भेरी नदीबाट निर्माण हुने विद्युत् आयोजनाहरू, जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट, जगदुल्ला जलविद्युत आयोजना ८२.३ मेगावाट, नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट विद्युत् , छार्काताङ्सोङ् गाउँपालिकामा भारबुङ तातु खोला जलविद्युत् आयोजना ३२८ , ताक्सुगाड जलविद्युत आयोजना ७ मेगावाट र सानी भेरी नदीबाट उत्पादित विद्युत् नलगाड नगरपालिकाको दानी पिपलमा जम्मा गरेर सुर्खेतको मैनतडा सव स्टेसनमा पठाएर राष्ट्रिय प्रचारणमा जोडिने लक्ष्य छ।

प्रसारण लाइनको विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ। सरकार आफैँले निर्माणको योजना बनाएको हो भने जगदुल्ला ‘ए’ को अहिले सम्भाव्यता र इआईए अध्ययन चलिरहेको छ। भेरी कोरिडोरभित्र ठूलाठूला आयोजनाहरू निर्माण हुन लागेकाले नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सब स्टेसनमा जोडिने बिजुलीसमेत नलगाडको दानी पिपलमै ल्याइने भएको बताएको छ।

दानी पिपल लगायतका सव स्टेसन निर्माण कार्य सुरु गरेको ४ वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको छ । डबल सर्किट प्रसारण लाइन भएकोले पनि यो महत्त्वपूर्ण रहेको छ। सुरुको नलगाड सब स्टेसन दानी पीपल र अन्तिम बिन्दु सुर्खेतको मैनतडा सब स्टेसनमा रहने छ। प्रसारण लाइन जाजरकोटबाट सुरु भएर रुकुम, सल्यान हुँदै सुर्खेत पुग्नेछ।

प्रसारण लाइनका लागि जग्गा मूल्याङ्कनको काम बाँकी रहेको छ । ६ हजार ९ सय २० रोपनी जग्गा अधिग्रहण गरिनेछ । सन् २०२३ डिसेम्बरबाट निर्माण थालेर सन् २०२७ नोभेम्बरमा सक्ने योजना कम्पनीले लक्ष्य भए पनि आर्थिक व्यवस्थापनको काम नहुँदा ढिला हुन पुगेको थियो ।

यस क्षेत्रमा ठुला रूख, तथा धेरै जग्गा अधिग्रहण नहुने देखिएको कम्पनीले जनाएको छ। कोहलपुरबाट सुर्खेत सम्म अहिले १३२ केभी प्रसारण लाइनको कामपुरा भइसकेको छ । अहिले सुर्खेतबाट ११ र ३३ केभी प्रसारण लाइनको काम जाजरकोट हुँदै डोल्पा सम्मा निर्माण कार्य जारी रहेको छ। जाजरकोटका तीन ठाउँमा सव स्टेसन निर्माण गर्नका लागि ठेक्का लागेर काम हुने चरणमा पुगेको छ भने चौखामा निर्माण कार्य पुरा नै भइसकेको छ। भेरी नदीबाट विद्युत् निकाल्नका लागि ठाउँ ठाउँमा अध्ययनका कामहरू भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुद्दाबाट आफू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ मा उम्मेदवार रहेका अध्यक्ष महतोले कौडेना गाउँपालिकामा आयोजित चुनावी छलफल कार्यक्रममा बोल्दै मधेशी समुदायसहित उत्पीडित वर्गको अधिकारका लागि निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् । स्थानीय कार्यकर्ता र सर्वसाधारणसँगको भेटघाटका क्रममा महतोले मधेशी, थारु, मुस्लिम, जनजातिलगायत पहिचान र ...
लुम्बिनीका प्रदेश प्रमुख भन्छन् : धान फल्ने फाँटमा राजधानी नबनाऔं
। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ । शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयलाई एकीकृत प्रणालीमा जोडेका हुन् । सबै विद्यालयहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने जिकिर गरेका हुन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग ...
। वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै काठमाडौंको बुढानीलकण्ठ–८ भंगालस्थित एक घरमा ५ जना बंगालादेशी नागरिकलाई बन्धक बनाइ राखेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, ५ जना बंगलादेशी नागरिकहरूलाई बन्धक बनाइ राखिएको अवस्थामा भेटिएको हो । बंगलादेशका नागरिकहरूलाई बन्धक बनाइ राख्ने कार्यमा संलग्न ७ जनालाई पक्राउ गरिएको एसपी ...