मुख्य समाचार
सामुदायिक विद्यालयमा एकीकृत हाजिरी प्रणाली
सामुदायिक विद्यालयमा एकीकृत हाजिरी प्रणाली

। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ ।

शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयलाई एकीकृत प्रणालीमा जोडेका हुन् ।




सबै विद्यालयहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण मावि, रत्नराज्य मावि, पद्मोदय मावि, जनपथ मावि र विश्व निकेतन माविका शिक्षक र कर्मचारीको नाम ‘डाटा इन्ट्री’ र ‘फेस रिडिङ’ भइसकेको छ ।

विद्यार्थीहरुको तथ्याङ्क प्रविष्ट गराउने र फेस रिडिङ प्रक्रिया चलिरहेको शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीले जानकारी दिए । उक्त प्रणालीका लागि कामपाका आन्तरिक जनशक्तिले काम गरेका छन् । यसले, कामपाको प्रणाली विकासमा परनिर्भरता घट्न थालेको छ ।



प्रणाली विकासपछि विद्यालयको लेखा र प्रशासनमा काम गर्ने कर्मचारीहरुलाई हाजिरी प्रणाली सञ्चालन गर्ने तालिम प्रदान गरेको छ ।

तालिमबाट डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने काम विद्यालयहरुबाटै हुनेछ । तर, यसको रियल टाइम सूचना कामपाको केन्द्रीय प्रणालीबाट निगरानी गर्न सकिनेछ । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल भन्छन्, ‘कामपाको आफ्नै प्रणाली विकास हुनु सबैभन्दा ठुलो उपलब्धि हो । अब सेवाका लागि परामर्शदाताको मुख ताक्नुपर्दैन ।’

प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइसकेपछि सब–नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सूत्र) मा आवद्ध गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालले बताए ।

यो प्रणाली व्यक्तिगत प्रोफाइल समेत हुनेछ । जसमा विद्यार्थीले आफ्नो विवरण आफैँ हेर्न सक्नेछन् । यसलाई विकास गर्दै विद्यार्थीहरु गयल भएको सूचना अभिभावकलाई पठाउने बनाइने पनि महानगरले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुद्दाबाट आफू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ मा उम्मेदवार रहेका अध्यक्ष महतोले कौडेना गाउँपालिकामा आयोजित चुनावी छलफल कार्यक्रममा बोल्दै मधेशी समुदायसहित उत्पीडित वर्गको अधिकारका लागि निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् । स्थानीय कार्यकर्ता र सर्वसाधारणसँगको भेटघाटका क्रममा महतोले मधेशी, थारु, मुस्लिम, जनजातिलगायत पहिचान र ...
। भेरी कोरिडोर भित्र रहेको विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोडनका लागि ४०० केभी प्रसारण लाइन निर्माण गर्न प्रक्रियागत काम सुरु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ मैनतडा र जाजरकोट नलगाड नगरपालिका–७ दानी पिपलमा प्रसारण लाइन निर्माण हुने भएको हो । करिब ७५ किलोमिटर लम्बाइ रहेको प्रसारण लाइन निर्माण गर्नका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ । ...
लुम्बिनीका प्रदेश प्रमुख भन्छन् : धान फल्ने फाँटमा राजधानी नबनाऔं
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने जिकिर गरेका हुन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग ...
। वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै काठमाडौंको बुढानीलकण्ठ–८ भंगालस्थित एक घरमा ५ जना बंगालादेशी नागरिकलाई बन्धक बनाइ राखेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, ५ जना बंगलादेशी नागरिकहरूलाई बन्धक बनाइ राखिएको अवस्थामा भेटिएको हो । बंगलादेशका नागरिकहरूलाई बन्धक बनाइ राख्ने कार्यमा संलग्न ७ जनालाई पक्राउ गरिएको एसपी ...