। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ ।
शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयलाई एकीकृत प्रणालीमा जोडेका हुन् ।
सबै विद्यालयहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण ...