मुख्य समाचार
बजारमा खाना पकाउने एलपी ग्यास अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको भन्दै नेपाल आयल निगमले तथ्यांक सार्वजनिक
बजारमा खाना पकाउने एलपी ग्यास अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको भन्दै नेपाल आयल निगमले तथ्यांक सार्वजनिक

। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यास अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको भन्दै नेपाल आयल निगमले तथ्यांक सार्वजनिक गरेको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिएका हुन् ।




देशमा ग्यास आपूर्ति मागभन्दा बढी रहेको तथ्यांक सार्वजनिक गर्दै उनले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् ।

कार्यकारी निर्देशक भट्टका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग रहेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पछिल्ला दिनमा उक्त परिमाणभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको उनले बताए ।



भट्टले गत शनिबार १ सय १८ बुलेट अर्थात् १ लाख ४९ हजार ५ सय सिलिन्डर ग्यास लोडिङ भएको बताए । त्यसैगरी सोमबार १ सय १५ बुलेट अर्थात् १ लाख ४५ हजार ७ सय सिलिन्डर र मंगलबार १ सय ३२ बुलेट अर्थात् १ लाख ६७ हजार ३ सय सिलिन्डर ग्यास लोडिङ भएको उनको भनाइ छ ।

लोडिङ भएका यी बुलेटमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमै रहेको जानकारी दिँदै उनले आगामी चुनाव अवधिभरि पनि यसैगरी नियमित ग्यास आपूर्ति भइरहने दाबी गरे ।

ग्यास आपूर्ति सहज र पर्याप्त रहेकाले बजारमा अभाव हुन सक्ने त्रासका कारण घरमा अनावश्यक रूपमा सिलिन्डर स्टक नगर्न निगमले उपभोक्तालाई विशेष अनुरोध गरेको छ ।

निगमले आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेकाले ढुक्क हुन आग्रह गर्दै अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब मात्र सिर्जना गर्नेतर्फ सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो । सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ...
। नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा उपलब्ध गराएको छ । यसपालि दसैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो । केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए । ‘दसैंका बेला नयाँ ...
। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको भएपनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई हेरेर मूल्य यथावत् राखेको निगमले जनाएको छ । निगमका विज्ञप्तिअनुसार यसरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक ३ अर्ब २० करोड ३८ लाख घाटा हुने ...
। नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो । एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकहरूबाट उपाध्यक्ष रहने प्रावधान छ । यस ...
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम