: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरूपयोग हुन सक्ने विषयमा आयोग सचेत रहेको बताएका छन् । भण्डारीले प्रविधिको दुरूपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले प्रविधिको दुरूपयोग हुनसक्ने आँकलन गरेर पहिचान गरिसकेको समेत बताएका छन्।
प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुनसक्ने उनले बताएका छन् ।
निर्वाचनको नैतिकता कायम राख्न र भ्रामक प्रचार नियन्त्रणका लागि टिकटक र आयोगबीचको सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत भएको छ ।
विश्वको नजर नेपालको निर्वाचनमा रहेकाले निर्वाचनलाई सघाउन टिकटकको सहयोग सराहनीय रहेको भण्डारीको भनाइ छ । निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलव्ध गराउने लक्ष्य राखिएको टिकटकका प्रतिनिधिले जनाएका छन्।