मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई जसरी भएपनि निरन्तरता दिनुपर्ने बताएकी छन्
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई जसरी भएपनि निरन्तरता दिनुपर्ने बताएकी छन्

— प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई जसरी भएपनि निरन्तरता दिनुपर्ने बताएकी छन् ।

स्वास्थ्य बिमा बोर्डसँगको छलफलमा उनले निमुखा नागरिकको स्वास्थ्य उपचार गर्ने दायित्व सरकारको भएको जनाइन् ।

बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले बोर्डले १६ लाख नागरिकको निःशुल्क बिमा गरेर स्वास्थ्य उपचारको सेवा दिँदै‍ आएको तथ्यांक सुनाएका थिए । विपन्न नागरिक, अपांगता भएका, ज्येष्ठ नागरिकको निःशुल्क बिमा गर्दा बोर्डलाई आर्थिक अभाव भएको गुनासो उनले गरेका थिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रम आर्थिक संकटमा परेका जानकारी प्राप्त गरेको भन्दै ऋण खोजेर भएपनि त्यसलाई सञ्चालन गर्नुपर्ने बताइन् । ‘अनिकाल लागे बालबच्चाको मुन्द्रा –गहना, भाँडाकुँडा बेचेर पनि अनिकाल टार्नुपर्छ,’ उनले भनिन्, ‘स्वास्थ्य बिमा पनि त्यस्तै भएको छ । यसलाई सुधार गर्नुपर्छ । अर्थमन्त्रीसँग पनि छलफल गरेर निकास निकाल्नुपर्छ ।’ अर्थमन्त्री रामेश्वर खनाल काठमाडौं बाहिर रहेकाले फर्के लगत्तै छलफल गर्ने उनले बताइन् । ‘स्वास्थ्य बिमा कसैलाई व्यापार कसैलाई अपार हुनुहुँदैन । यसमा अनियमितता भएको पनि सुनेको छु । नियम गर्नुपर्छ । निमुखाले निःशुल्क सुविधा पाउने व्यवस्था पनि गर्नुपर्छ ।’

उनले स्वास्थ्य बिमा देखिएका कमीकमजोरी हटाउन एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिइन् । ‘बिमा भनेपछि बिमा जस्तो पनि हुनुपर्छ । त्यो कसरी बनाउने हो । स्वास्थ्य मन्त्रालयले गर्नुपर्छ,’ उनले भनिन्, ‘सरकारी अस्पतालमा निःशुल्क औषधी बाडेर सडेर खेर जान्छ । उता बिमा बिरामीले औषधी पाउँदैन । यस्तो अवस्था अन्त्य हुनुपर्छ ।’ निमुखा नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार दिएपनि पहुँचवालाले गर्ने दुरुपयोग रोक्न उनले निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाइ सञ्चालनमा आएको हो। शुभारम्भका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले रक्तचाप परीक्षण गराएकी थिइन्। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ सिंहदरबारभित्रै संचालनमा ल्याइएको बताइएको छ । ...
: मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ३२ को कार्यान्वयनस्वरूप अस्पतालले अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याएको हो। मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयको अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दै सो निर्देशन ...
। बजारमा पटक–पटक देखिने औषधिको अभावलाई सम्बोधन गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। विभागले विशेषगरी क्यान्सर, दुर्लभ रोगका औषधि र जीवनरक्षक औषधिको अभाव हुन नदिन यस्तो योजना अघि बढाएको हो। विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणका कारण बजारमा बेलाबेला औषधिको चरम अभाव देखिने गरेको ...
। चितवनको भरतपुर अस्पतालमा अनलाइनबाट नै टिकट र रिर्पोट लिन सकिने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ण्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा बिरामी भएर उपचार गर्न आउने बिरामीले ओपीडी टिकट र रिर्पोटका लागि लाइनमा बस्नु नपर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिएका छन् । टिकट रिर्पोट भेन्डिङ मेसिन (प्क्ष्इक्) मार्फत टिकट काट्न र रिर्पोट लिन सकिने उनले ...
। काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ । बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ...