मुख्य समाचार
रुस र युक्रेनबीच युएईमा दोस्रो चरणको वार्ता सुरु
रुस र युक्रेनबीच युएईमा दोस्रो चरणको वार्ता सुरु

— रुस र युक्रेनबीच युएईमा दोस्रो चरणको वार्ता सुरु भएको छ । अमेरिकाले यस वार्ताको मध्यस्थता गरिरहेको छ ।

झन्डै चार वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्ने लक्ष्यले सुरु गरिएको वार्तामा राष्ट्रिय सुरक्षा परिषद्का सेक्रेटरी रुस्तम उमेरोभले युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् । उनले अबुदाबीमा वार्ता सुरु भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । यो वार्ता दुई दिनसम्म चल्नेछ ।

मंगलबारमात्रै रुसले युक्रेनका विभिनन् शहरमा ड्रोन हमला गरेको थियो । ‘उनीहरुले युद्धमै दाउ राखिरेका छन् र युक्रेनको विध्वंश गरिरहेका छन् । कुटनीतिलाई उनीहरु गम्भीर रुपमा लिएका छैनन्,’ मंगलबार युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले भनेका थिए ।

गत महिना युएइमै पहिलो चरणको वार्ता भएको थियो । युद्ध सुरु भएयता रुस र युक्रेनका प्रतिनिधि वार्ताको टेबुलमा आमने–सामने भएको यो पहिलोपटक थियो । यस वार्तामा धेरै विषयमा सहमति भएपनि सीमा क्षेत्रको विषयमा सहमति जुटेको थिएन ।

विवादको केन्द्रमा डोन्बास क्षेत्र

डोन्बास क्षेत्रको विवाद सबैभन्दा पेचिलो बनेको थियो । विगत चार वर्षमा रूसले यो क्षेत्रको झन्डै ८० देखि ९० प्रतिशत भूभाग कब्जा गरिसकेको छ । युद्ध अन्त्यका लागि बाँकी भूभाग पनि युक्रेनी सेनाले छाड्नुपर्ने रूसको माग छ । डोन्बस क्षेत्रका दुई प्रान्तमध्ये अहिलेसम्म, लुहानस्कमा लगभग सबै इलाका र डेनेट्स्कमा झन्डै ७० प्रतिशत इलाकामा रुसको कब्जा छ ।

रुसी सेनाले यसबाट अघि बढ्नका लागि युक्रेनसँग लडाइँ गरिरहेको छ । युक्रेनले यी भूभाग नछाडे रुसले सैन्य बल प्रयोग गरेर भएपनि कब्जामा लिने पुटिनले बताउँदै आएका छन् ।



युक्रेनले आफ‍्‍नो भूभाग सुम्पने काम हुनै नसक्ने बताएको छ । अमेरिकाले अघि सारेका विभिन्न योजामध्ये एक प्रस्ताव ‘जनमतसंग्रहमार्फत यस क्षेत्रको भविष्य निर्धारण गर्न सकिने’ थियो । त्यस्तै, गत डिसेम्बरमा अमेरिकाले युक्रेनको नियन्त्रण कायम रहेको डोन्बासको भूभागमा स्वतन्त्र आर्थिक क्षेत्र विकास गर्न सकिने प्रस्ताव राखेको थियो ।

युक्रेनले आफ्ना युरोपेली सहयोगी तथा अमेरिकाबाट सुरक्षा सुनिश्चितता प्राप्त हुनुपर्ने माग नपि शान्ति वार्तामा राखेको छ ।

डोन्बास किन महत्वपूर्ण छ ?

यहाँ रूसले सन् २०१४ देखि नै सैन्य हस्तक्षेप निम्त्याइरहेको छ र सन् २०२२ मा यही क्षेत्रलाई कारण देखाउँदै उसले औपचारिक युद्ध सुरू गरेको थियो । अजोव समुद्र किनारको यो क्षेत्रमा युक्रेनका २४ ओब्लास्ट (प्रान्त) मध्ये दुई प्रान्त (डोनेट्स्क र लुहानन्स) पर्छन् ।

डोनेट्स्कमा झन्डै ७५ प्रतिशत र लुहानन्समा झन्डै ७० प्रतिशत रुसी भाषी छन् । कोइला भण्डार, उर्वर कृषि योग्य भूमि, मिनिरल्सको भण्डार यस क्षेत्रको विशेषता हो । यहाँ ठूलो परिमाणमा गहुँ,धान, सूर्यमुखी फूल र मकै उत्पादन हुने गरेको छ । जसले युक्रेनलाई खाद्य क्षेत्रको ठूलो वैश्विक निर्यातकर्तामध्ये एक बनाएको छ ।

२० औं शताब्दीमा यस क्षेत्रमा ठूलो संख्यामा युक्रेनी उद्योगहरु थिए । विशेषगरी स्टिलको उत्पादनका लागि यो क्षेत्र चिनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम