मुख्य समाचार
सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप
सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप

— एमाले उपाध्यक्ष रामबहादुर थापाले सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप लगाएका छन् ।

बुधबार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले प्रधानमन्त्री स्वयंले हिमाली जिल्लामा हिमपातको सम्भावनालाई कारण देखाउँदै निर्वाचन सार्न सकिने वा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने अभिव्यक्ति दिएको उल्लेख गरेका हुन् ।

उपाध्यक्ष थापाले निर्वाचन सार्न खोजिनु लोकतान्त्रिक प्रक्रियाविपरीत रहेको दाबी गर्दै वर्तमान सरकार अवैध र प्रायोजित ढंगबाट गठन भएको आरोप पनि लगाए ।

‘सरकार निर्वाचन सार्ने बाहाना खोज्दैछ । प्रधानमन्त्रीले नै हिमाली जिल्लामा हिमपात भयो भने निर्वाचन सर्नसक्छ अथवा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नेकुरा गर्नुभएको छ । यसले के देखाउँछ भन्दा अहिलेको सरकार नगराउने दिशामा अघि बढिरहेको देखिन्छ । हाम्रो पार्टीले त फागुनमा चुनाव हुन सक्दैन भनेर भनिरहेकै थियौँ । अहिले आएर सरकार नै २१ फागुनमा निर्वाचन गराउन गइरहेको छैन । चुनाव सार्न बहाना खोज्दैछ । यो अवैध र प्रायोजित ढंगबाट गठन गरिएको सरकार हो,’ उनले भने ।

सरकार मुलुकका प्रमुख राजनीतिक शक्तिहरूलाई समाप्त पार्दै देश जलाउनेहरूलाई स्थापित गर्न लागिरहेको आरोप पनि थापाको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेकोे छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको स्पष्ट गरे । उनले देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै नेपालको ...
— रास्वपा केन्द्रीय सभापति रवि लामिछाने भोलि बिहीबार चितवन आउने भएका छन् । उनी चितवन-२ मा उम्मेदवार छन् । रास्वपा चितवन जिल्ला सभापति कृष्ण भुषालका अनुसार भोलि मध्याह्न लामिछानेले लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्ति शान्ति पूजा गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुर-११ विशाल चोकको घरमा गृहप्रवेश कार्यक्रम रहेको भुषालले बताए । 'भोलि बिहीबार सवा ११ बजे जहाजबाट ...
झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा दमकबाट रामचोकतर्फ जाँदै ...
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत कुरतेको मलद्वारमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, फ्लाई दुबईको उडानमार्फत बुधबार बिहान १० बजे उनी काठमाडौं आएका थिए । उनको गतिविधि शंकास्पद लागेपछि जाँच गरिएको थियो ...
— धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदीबाट प्रहरीले बुधबार दिउँसो ९० केजी गाँजा बरामद गरेको छ । बा १० छ ५६१५ नम्बर लेखिएको सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । नेपाली नम्बर राखिए पनि उक्त गाडी भारतीय रहेको प्रहरीको भनाइ छ । सहिदभूमि गाउँपालिकाको साप्तिङ्टारबाट भेडेटारतर्फ जाँदै गरेको ...