मुख्य समाचार
घोषणा पत्रमा राष्ट्रिय स्वाभिमान, सामाजिक सद्‍भाव, विकास निर्माण र संविधान संशोधनका विषय समेट्ने
घोषणा पत्रमा राष्ट्रिय स्वाभिमान, सामाजिक सद्‍भाव, विकास निर्माण र संविधान संशोधनका विषय समेट्ने

: नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणा पत्रमा राष्ट्रिय स्वाभिमान, सामाजिक सद्‍भाव, विकास निर्माण र संविधान संशोधनका विषय समेट्ने बताएका छन्। बुधबार काठमाडौं उपत्यकाका सूर्य चिन्हका उम्मेदवारसँग संवाद कार्यक्रममा बोल्दै उनले विगतमा के विषय उठायौं र अब के गर्ने भन्ने बारेमा घोषणा पत्रमा उल्लेख गर्ने बताएका हुन्।



‘घोषणा पत्र तयारीका क्रममा छौं, केही दिनमा सार्वजनिक हुन्छ। सबै जानकारी पाउनु हुनेछ अहिले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रमा केन्द्रित भएर विषय उठाउने छौं, एमालेका मुख्य मुद्दा यसैमा केन्द्रित हुन्छौं। हामीले उठाउने विषयमा हामी संवेदनशिल छौं र महत्वपूर्ण हुन्।’ उनले भने, ‘सामाजिक सद्भाव हाम्रो राष्ट्रिय एकताको आधार हो। यो सामाजिक सद्भाव कमजोर बनाउने कुनै पनि कुरा एमाले सहदैन र त्यसको विपक्षमा एमाले उभिन्छ। सामाजिक सद्भाव कायम गर्ने मुद्दामा एमाले केन्द्रित हुन्छौं। अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रारम्भ गरेका विकास निर्माणका कुरा समेट्छौं र केन्द्रित हुन्छौं, सुशासनका विषय उठान गर्छौं।’



जेनजी आन्दोलनमा सहभागीले नै आन्दोलनको हाइज्याक भएको भनेकाले सोलोडोलोमा बुझ्नु नहुने धारणा राखे। पोखरेलले जेनजीले गरेको आन्दोलनका मुद्दासँग विमति होइन तर आन्दोलनको कभरमा षड्यन्त्र अन्तर्गत भएका कामको एमालेले विरोध गरेको बताए।




पोखरेलले एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र र गतिविधि भएपनि भित्रिरुपमा मजबुत हुनुपर्ने बताए। उनले आन्तरिक रुपमा सुदृढ हुँदा बाहिरी षड्यन्त्रले एमालेले प्रभाव नपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेकोे छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको स्पष्ट गरे । उनले देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै नेपालको ...
— रास्वपा केन्द्रीय सभापति रवि लामिछाने भोलि बिहीबार चितवन आउने भएका छन् । उनी चितवन-२ मा उम्मेदवार छन् । रास्वपा चितवन जिल्ला सभापति कृष्ण भुषालका अनुसार भोलि मध्याह्न लामिछानेले लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्ति शान्ति पूजा गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुर-११ विशाल चोकको घरमा गृहप्रवेश कार्यक्रम रहेको भुषालले बताए । 'भोलि बिहीबार सवा ११ बजे जहाजबाट ...
झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा दमकबाट रामचोकतर्फ जाँदै ...
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत कुरतेको मलद्वारमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, फ्लाई दुबईको उडानमार्फत बुधबार बिहान १० बजे उनी काठमाडौं आएका थिए । उनको गतिविधि शंकास्पद लागेपछि जाँच गरिएको थियो ...
— धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदीबाट प्रहरीले बुधबार दिउँसो ९० केजी गाँजा बरामद गरेको छ । बा १० छ ५६१५ नम्बर लेखिएको सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । नेपाली नम्बर राखिए पनि उक्त गाडी भारतीय रहेको प्रहरीको भनाइ छ । सहिदभूमि गाउँपालिकाको साप्तिङ्टारबाट भेडेटारतर्फ जाँदै गरेको ...