मुख्य समाचार
सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ
सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ

— काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ ।

शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयहरुलाई एकीकृत प्रणालीमा जोडेका हुन् ।

सबै विद्यालयहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिसकिएको छ । यस्तै, जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण मावि, रत्नराज्य मावि, पद्मोदय मावि, जनपथ मावि र विश्व निकेतन माविका शिक्षक र कर्मचारीको नाम ‘डाटा इन्ट्री’ र ‘फेस रिडिङ’ भइसकेको छ ।

विद्यार्थीहरुको तथ्याङ्क प्रविष्ट गराउने र फेस रिडिङ प्रक्रिया चलिरहेको शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीले जानकारी दिए । उक्त प्रणालीका लागि कामपाका आन्तरिक जनशक्तिले काम गरेका छन् । यसले, कामपाको प्रणाली विकासमा परनिर्भरता घट्न थालेको छ । प्रणाली विकासपछि विद्यालयको लेखा र प्रशासनमा काम गर्ने कर्मचारीहरुलाई हाजिरी प्रणाली सञ्चालन गर्ने तालिम प्रदान गरेको छ । तालिमबाट डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने काम विद्यालयहरुबाटै हुनेछ । तर, यसको रियल टाइम सूचना कामपाको केन्द्रीय प्रणालीबाट निगरानी गर्न सकिनेछ । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने, 'कामपाको आफ्नै प्रणाली विकास हुनु सबैभन्दा ठुलो उपलब्धि हो । अब सेवाका लागि परामर्शदाताको मुख ताक्नुपर्दैन ।'

प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइसकेपछि सब–नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सूत्र) मा आवद्ध गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालले बताए ।

यो प्रणाली व्यक्तिगत प्रोफाइल समेत हुनेछ । जसमा विद्यार्थीले आफ्नो विवरण आफैँ हेर्न सक्नेछन् । यसलाई विकास गर्दै विद्यार्थीहरु गयल भएको सूचना अभिभावकलाई पठाउने बनाइने पनि कामपाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेकोे छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको स्पष्ट गरे । उनले देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै नेपालको ...
— रास्वपा केन्द्रीय सभापति रवि लामिछाने भोलि बिहीबार चितवन आउने भएका छन् । उनी चितवन-२ मा उम्मेदवार छन् । रास्वपा चितवन जिल्ला सभापति कृष्ण भुषालका अनुसार भोलि मध्याह्न लामिछानेले लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्ति शान्ति पूजा गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुर-११ विशाल चोकको घरमा गृहप्रवेश कार्यक्रम रहेको भुषालले बताए । 'भोलि बिहीबार सवा ११ बजे जहाजबाट ...
झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा दमकबाट रामचोकतर्फ जाँदै ...
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत कुरतेको मलद्वारमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, फ्लाई दुबईको उडानमार्फत बुधबार बिहान १० बजे उनी काठमाडौं आएका थिए । उनको गतिविधि शंकास्पद लागेपछि जाँच गरिएको थियो ...
— धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदीबाट प्रहरीले बुधबार दिउँसो ९० केजी गाँजा बरामद गरेको छ । बा १० छ ५६१५ नम्बर लेखिएको सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । नेपाली नम्बर राखिए पनि उक्त गाडी भारतीय रहेको प्रहरीको भनाइ छ । सहिदभूमि गाउँपालिकाको साप्तिङ्टारबाट भेडेटारतर्फ जाँदै गरेको ...