— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत कुरतेको मलद्वारमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, फ्लाई दुबईको उडानमार्फत बुधबार बिहान १० बजे उनी काठमाडौं आएका थिए । उनको गतिविधि शंकास्पद लागेपछि जाँच गरिएको थियो ...