मुख्य समाचार
फ्रान्सले २०२७ भित्र सबै सरकारी कामकाजमा भिसियो प्लेटफर्म लागू गर्ने घोषणा
फ्रान्सले २०२७ भित्र सबै सरकारी कामकाजमा भिसियो प्लेटफर्म लागू गर्ने घोषणा

— फ्रान्सले २०२७ भित्र सबै सरकारी कामकाजमा भिसियो प्लेटफर्म लागू गर्ने घोषणा गरेको छ ।

अमेरिकी प्लेटफर्महरू माइक्रोसफ्ट टिम्स र जुमको सट्टा आफ्नै विकसित भिडियो कन्फरेन्सिङ प्लेटफर्मलाई जुन २०२७ सम्म सबै सरकारी विभागमा सञ्चालनमा ल्याइने घोषणा फ्रान्सले सोमबार गरेको हो ।

यो कदम अमेरिकाबाट आउने विदेशी सफ्टवेयर प्रदायकको प्रयोग अन्त्य गर्दै महत्त्वपूर्ण डिजिटल पूर्वाधारमाथि पुनः नियन्त्रण स्थापना गर्ने फ्रान्सको बृहद रणनीतिको हिस्सा हो । युरोपका अन्य देशजस्तै फ्रान्स पनि डिजिटल सार्वभौमिकतासम्बन्धी निर्णायक मोडमा पुगेको अवस्थामा यो पहल सुरु गरिएको हो ।

'हाम्रो लक्ष्य गैर–युरोपेली समाधानको प्रयोग अन्त्य गर्नु र शक्तिशाली तथा सार्वभौम उपकरणमा निर्भर रहँदै सार्वजनिक इलेक्ट्रोनिक सञ्चारको सुरक्षा र गोपनीयता सुनिश्चित गर्नु हो,' फ्रान्सका सार्वजनिक सेवा तथा राज्य सुधार मन्त्री डाभिड अमिएलले भने ।

सोमबार सरकारले फ्रान्समै बनेको भिसियो नामक भिडियो कन्फरेन्सिङ प्लेटफर्म प्रयोग गर्ने घोषणा गरेको छ । यो प्लेटफर्म एक वर्षदेखि परीक्षणको चरणमा छ र करिब ४०,००० प्रयोगकर्ता छन् ।

भिसियो के हो?

भिसियो फ्रान्सको ‘सुइट न्यूमेरिक’ योजनाको हिस्सा हो, यस योजनाले सरकारी कामकाजमा घरेलु प्रविधिलाई नै प्रयोग गर्ने लक्ष्य राखेको छ । भिसियो प्लेटफर्म सरकारी कर्मचारीका लागि होइन । सर्वसाधारण वा निजी कम्पनीका लागि होइन ।



यस प्लेटफर्ममा फ्रान्सेली स्टार्टअप पायनोटको प्रविधि प्रयोग गरी एआई जडित विभिन्‍न सुविधाहरु उपलब्ध गराइएको छ । । फ्रान्सेली कम्पनी आउटस्केलको सार्वभौम क्लाउड पूर्वाधारमा भिसियो होस्ट गरिएको छ ।

फ्रान्सेली सरकारका अनुसार भिसियोमा स्थानान्तरण हुँदा लाइसेन्सिङ लागत घटाएर प्रति १ लाख प्रयोगकर्ता बराबर झण्डै १० लाख युरो बचत गर्न सकिन्छ । गत वर्ष अमेरिकी क्लाउड सेवामा आएको अवरोधपछि युरोपले अमेरिकी सूचना प्रविधि पूर्वाधारमा आफ्नो अत्यधिक निर्भरतामाथि घटाउनुपर्ने आवाज उठेको थियो ।

'यो रणनीतिले बढ्दो भूराजनीतिक तनाव र विदेशी निगरानी वा सेवा अवरुद्ध हुने डरबीच डिजिटल सार्वभौमिकताप्रति फ्रान्सको प्रतिबद्धता स्पष्ट देखाउँछ,' अमिएलले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम