मुख्य समाचार
बेलायतका अधिकारकुमार एन्ड्रयु माउन्टबाट्टनले बिन्डसरस्थित आफ्नो विलासी घर छाडेका छन्
बेलायतका अधिकारकुमार एन्ड्रयु माउन्टबाट्टनले बिन्डसरस्थित आफ्नो विलासी घर छाडेका छन्

— बेलायतका अधिकारकुमार एन्ड्रयु माउन्टबाट्टनले बिन्डसरस्थित आफ्नो विलासी घर छाडेका छन् ।

अमेरिकी न्याय विभागले शुक्रबार एप्स्टिनसँग जोडिएका नयाँ फाइल सार्वजनिक गरेसँगै उनी अन्यत्र सर्न लागेका हुन् ।

पछिल्ला कागजातमा माउन्टबाट्टनसँग यौन सम्पर्कका लागि एक लगानीकर्ताले सन् २०१० मा रोयल लजमा महिला पठाइदिएको उल्लेख छ ।

बेलायती प्रहरीले यस विषयबारे समिक्षा भइरहेको बताएको छ । सोमबार अन्धकारमा पूर्व राजकुमार विन्डसरस्थित विलासी घरबाट नोर्फल्कस्थित सान्द्रिङघम स्टेटमा सरेको दरबार स्रोतलाई उद्रृत गर्दै बीबीसीले जनाएको छ । यो दरबार राजा चार्ल्सको निजी सम्पत्ति हो र बीबीसी अनुसार भाईको नयाँ घरका लागि उनले रकम खर्चनेछन् ।

बेलायत प्रहरीले यौन अपराधको मुद्दालाई गम्भीर रूपमा लिइने जनाएको छ । पछिल्ला कागजातले झन्डै दुई वर्षसम्म माउन्टबाट्टन एप्स्टिनसँग सम्पर्कमा रहेको पनि देखाएको थियो ।


पूर्व राजकुमार माउन्टबाट्टनले एप्स्टिनसँग सम्बन्ध भएपनि कुनै गलत काम नगरेका बताउँदै आएका छन् ।

सन् २०१५ मा भर्जिनिया जिउफ्रेले एप्स्टिनविरूद्ध आफुलाई धनाढ्यहरुको सेवामा लगाएको आरोपमा मुद्दा दायर गरेकी थिइन् । उनले एन्ड्रयु माउन्टबाट्टनले समेत आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेकी थिइन् ।



यस आरोपलाई माउन्टबाट्टनले अस्विकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम