मुख्य समाचार
दुई चरणमा चुनाव नगर्न सरकारलाई सुझाव
दुई चरणमा चुनाव नगर्न सरकारलाई सुझाव

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मै चुनाव हुने बताएका छन् । बुधबार काठमाडौँको स्वयम्भूथित मुस्ताङ गुम्बामा मुस्ताङमा नेकपाका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’ को परिचयात्मक कार्यक्रममा बोल्दै उनले दुई चरणमा चुनाव नगर्न सरकारलाई सुझाव दिए ।



उनले भने, ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस् । यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो । यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ ।’ प्रधानमन्त्री सुशीला कार्कीले हिजो हिमाली क्षेत्रमा हिमपातले अप्ठ्यारो अवस्था आएमा अर्को चरणमा चुनाव गर्ने बताएकी थिइन् ।



त्यसलाई लिएर प्रचण्डले एउटै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिएका हुन् । उनले केही मान्छेहरूले अझै चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका राखिरहेको बताउँदै तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताए । स्वच्छ र धाँधलीरहित भए नेकपाले राम्रो नतिजा ल्याउने दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच सहकार्यको सम्झौता भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हो । समझदारीमा आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटककातर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गरेका छन्। आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन ...
— नेपाली कांग्रेस झापा–५ कार्यसमितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोलकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको छ । क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेकोप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘नेपाली ...
— नेकपा संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने बताएका हुन् । 'स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ ...
— सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)ले वैदेशिक रोजगारीसम्बन्धी मुद्दा प्राथमिकताका साथ घोषणापत्रमा समावेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ। सञ्जालले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा संलग्न नेपाली श्रमिक र उनका परिवारको हक अधिकार संरक्षणलाई प्राथमिकताका साथ राख्न अपिल गरेको हो। नेपाली श्रमिक र श्रमिक परिवारको अधिकार संरक्षणमा कार्यरत गैरसरकारी संस्थाहरूको छाता संगठन एनएनएसएमले वैदेशिक रोजगारीका क्रममा श्रमिकले भोग्दै ...
— प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी छन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताइन् । उनले उक्त कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि ...